प्रदेश र संसदको चुनाव मंसिर ४ मा गर्ने आयोगको तयारी

Nirwachan aayog

काठमाडौं । प्रदेशसभा र संघीय संसदको चुनाव एकै चरणमा गर्न निर्वाचन आयोग सहमत भएको छ । सम्भवत मंसिर ४ गते चुनाव हुने स्रोतले जनाएको छ ।

प्रमुख तीन दलका शीर्ष नेताहरुले बिहीबार साँझ निर्वाचन आयोगका पदाधिकारीहरुसँग गरेको छलफल प्रदेश र संसदको चुनाव एकै चरणमा चुनाव गर्ने सहमति भएको हो ।

सो सहमति अनुसार मंसिर ४ मा निर्वाचन हुने छ । सरकारले आयोगका पदाधिकारीसँग भएको छलफल अनुसार शनिवार निर्वाचनको मिति घोषणा गर्ने छ ।

आयोगले भने मंसिर ४ मा दुबै तहको निर्वाचन गर्ने भए निर्वाचन गर्न चाहिने आवश्यक कानुन ५ गतेभित्र चाहिने शर्त अघि सारेको छ । आयोगले ५ गतेभित्र कानुन र १५ गतेभित्र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन पाए दुबै निर्वाचन एकैपटक गर्न कुनै समस्या नहुने बताएको छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...