खाल्डोमा डुबेर बालकको मृत्यु
मोरङ । पानी जमेको खाल्डोमा डुबेर ७ वर्षीय एक बालकको मृत्यु भएको छ ।
मोरङको उर्लाबारीसँगै सीमा जोडिएको झापाको दमक नगरपालिका–१० नलबारीमा गोविन्द लिम्बूको ६ वर्षीय छोरा तिलक लिम्बूको घर अगाडि वर्षाको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो ।
बिहान बालकलाई उनकी आमाले पानीमा डुबेको अवस्थामा भेटेपछि उपचारका लागि उर्लाबारीस्थित गोदावरी अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताए।
प्रतिकृया दिनुहोस