डुबानपीडित पाँच सय घर परिवारलाई राहत वितरण

Ooop

लहान । अविरल वर्षासँगै आएको बाढीका कारण डुबानमा परेका सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका ११स्थित इनरुवाका बाढीपीडित पाँच सय परिवारलाई आज राहत वितरण गरिएको छ ।

चारैतिरबाट बाढीले घेरिएका कारण घरबाट बाहिर निस्किन पनि समस्या भोगिरहेका इनरुवाका बाढीपीडित परिवारलाई कारितास नेपालको सहयोगमा सप्तरीस्थित श्रीपुर्राज सामुदायिक विकास केन्द्रले प्रतिपरिवार दुई किलो चिउरा, तीन किलो भुजा, दुई प्याकेट भुजिया र १२ बोतल मिनरल वाटरका दरले राहत वितरण गरेको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका अध्यक्ष सुखीलाल चौधरीले जानकारी दिएका छन् ।

गत बिहीबारदेखिको अविरल वर्षाका कारण सप्तरीको सुन्दरी खोला र महुली खोलाको बाँध भत्किएपछि आएको बाढीले उक्त गाउँका करिब पाँच सय परिवार डुबानमा परेका थिए । डुबानमा परेका स्थानीयवासी डुंगामा चढेर राहतका लागि इनरुवा चोकसम्म पुगेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...