पराजयको समिक्षा गर्दै धनकुटा कांग्रेस

Nepali congresh

धनकुटा । स्थानीय तहको निर्वाचनमा नराम्ररी पराजित भएको धनकुटा कांग्रेसले पराजयको समिक्षा गर्ने भएको छ ।

स्थानीय तहको निर्वाचनमा धनकुटामा नेपाली कांग्रेस पराजित हुनुको कारणको समिक्षा गर्दै भदौं पहिलो हप्ताभित्र लिखित प्रतिवेदन पठाउन सब समितिहरुलाई आग्रह निर्देशन दिएको छ ।

धनकुटा जिल्लाको स्थानीय तह र वडाहरुमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले पराजय भोग्नुको कारणबारे विभिन्न कोणहरुबाट समिक्षा भइरहेको भए पनि ६० वटा वडा र ७ वटै तहमा समिक्षा गरी भदौं ७ भित्र लिखित प्रतिवेदन पठाउन नेपाली कांग्रेस धनकुटाका सभापति अग्नीप्रसाद पौडेलले निर्देशन दिएका छन् ।

जिल्लाका सबै समितिहरु र स्थानीय तहका प्रमुखका उम्मेदवारहरु र वडाध्यक्षका उम्मेदवारहरुलाई समिक्षा गरी प्रतिवेदन पठाउन भनिएको पार्टी सचिव विजय सन्तोषी राईले बताए ।

उनले स्थानीय तहको निर्वाचनको समिक्षा र आउने निर्वाचनका लागि समेत रणनीति निर्माण गर्न सजिलो हुने राईले बताए । सबै तहबाट समिक्षा आएपछि जिल्ला स्तरीय समिक्षा बैठक गरिने उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...