नेपाल औषधि व्यवसायीद्वारा ३० लाखको औषधि वितरण
काठमाडौं । नेपाल औषधि व्यवसायी संघले तराईका बाढी पीडितलाई ३० लाख रुपैयाँको औषधि वितरण गरेको छ ।
संघको अञ्चल र जिल्ला शाखाबाट ३० लाख रुपैयाँ बराबरको औषधि वितरण गरेको अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले जानकारी दिए ।
‘प्रभावित क्षेत्रमा औषधिको कुनै पनि अभाव सिर्जना हुन नदिन नेपाल औषधि व्यवसायी संघ केन्द्रीय कार्यालयले केन्द्रीय अध्यक्षकै नेतृत्वमा निरन्तर अनुगमन गरिरहेको छ ।
संघले बाढी पहिरोबाट भएको क्षतिलगत्तै औषधि व्यवसायी संघले अञ्चल शाखा र जिल्ला शाखा परिचालन गरेर पीडितको स्वास्थ्य उपचारमा खटिएको विज्ञप्तीमा उल्लेख छ ।
मेची, कोसी, सगरमाथा, जनकपुर, नारायणीसहितका अञ्चल शाखाले बाढी पीडितका लागि औषधि र चिकित्सकसहितको टोली परिचालन गरिसकेको अध्यक्ष श्रेष्ठले बताए ।
केन्द्रीय कार्यालयले प्रभावित क्षेत्रमा आवश्यक वस्तु र सेवालाई परिचालन गर्न निर्देशन दिएको छ । साथै पीडितका लागि सरकारी संयन्त्रसँग सहकार्य गरेर राहतका कामलाई अगाडि बढाउन सबै शाखाहरुमा पत्राचार गरेको छ ।
प्रतिकृया दिनुहोस