माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट विद्यार्थी सम्मानित

भक्तपुर । सूर्यविनायक नगरपालिका १ सिरुटारस्थित सिरु बौद्धिक समाजले तत्कालीन सिरुटार गाविस हाल वडा न १० क्षेत्रभित्र स्थायी बसोबास गरी २०७३ सालको माध्यमिक शिक्षा परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई सम्मान गरेको छ ।

सांसद केदारप्रसाद सञ्जेलले स्थानीय २१ विद्यार्थीलाई सम्मानपत्रका साथै सिरु इन्टरनेशनल अवार्ड २०७३ प्रदान गरी सम्मान गरेका हुन् । देश विपद्को संकटमा परेको वर्तमान अवस्थामा बाढी पहिरोपीडितका लागि सहयोग जुटाउन सबै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा उत्कृष्ट तीन विद्यार्थी ३।८५ जिपिए ल्याउने मेरिगोल्ड इङ्लिस सेकेण्डरी स्कुल, बालकोटकी छात्रा सृष्टी श्रेष्ठ ‘सिरुटार उत्कृष्ट विद्यार्थी’ घोषित भइन भने ३।८० जिपिए ल्याउने क्याण्डिड इन्टरनेशनल एकेडेमीका प्रेजिका श्रेष्ठ र माउन्टभ्यू सेकेण्डरी स्कुल, बालकोटका विकेश श्रेष्ठ उत्कृष्ट विद्यार्थी घोषित भएका थिए ।

सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले देशका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने गरी शिक्षा अगाडि बढ्नु पर्नेमा जोड दिए ।समाजका अध्यक्ष धु्रवराज विष्टले सिरु बौद्धिक समाजले बाढी पहिरोपीडितका लागि सहयोग जुटाउन पहल गर्ने बताए । उनले एसइइ उत्तीर्ण विद्यार्थीले उच्च शिक्षापछि स्वदेश मै रहेर देशको सेवा गर्ने गरी अगाडि बढ्नुपर्नेमा जोड दिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...