झापामा हालसम्म बाढीबाट ११ मृत्यु

Jhapa badi

भद्रपुर । झापामा अविरल वर्षाका कारण आएको बाढीबाट ११ मृत्यु र ४ बेपत्ता भएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ ।

मृत्यु हुनेहरुमा झापा गाउँपालिका–२ निवासी धनमायाँ घोर्षाने, शिवसत्ताक्षी–१ का विजय पाण्डे, झापा गाउँपालिका वडा नं ७ का कमला दर्लामी र खुशी दर्लामी, कचनकवल–३ का राम राजवंशी, झापा गाउँपालिका–२ का नाम नखुलेका मुस्लिम जातिका एकजना, दमक–५ निवासी बिन्दु सिटौला, हल्दिबारी–१ निवासी चम्पामणि सत्तारु, झापा गाउँपालिका–२ निवासी पहिचान नखुलेका एकजना, कमल गाउँपालिका–५ निवासी दिवस राई र झापा गाउँपालिका–४ निवासी १० वर्षीय कुल्सन खातुन छन् ।

यसैगरी, बेपत्ता हुनेमा झापा गाउँपालिका–२ निवासी कमला घोर्षाने र कलिप्रसाद राजवंशी, उनकी श्रीमती र एकजना बच्चा छन् ।

बाढीका कारण प्रभावित परिवार २ हजार १९ र विस्थापित परिवार १ हजार ८ सय ९६ तथा १२ घर पूर्णरुपमा क्षति भएको सोसाइटीले जनाएको छ ।

विस्थापित परिवारमा राहत एवं उद्धारको कार्य भइरहेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...