बस दुर्घटना हुँदा बालिकाको मृत्यु

Accident final

मोरङ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे–१० मा बिहान यात्रुबाहक बस दुर्घटना हुँदा १ बालिकाको मृत्यु भएको छ ।

बिहान ८ बजे पूर्वबाट पश्चिम जाँदै गरेको मे ३ प ६७५५ नंको मोटरसाइकललाई जोगाउने क्रममा विपरीत दिशाबाट आउँदै गरेको को १ ख २७५२ नंको बुद्ध यातायातको बस पथरीशनिश्चरे–१० जिरीखिम्तीको डाँस खोलामा पल्टिँदा उर्लाबारी–१ बस्ने नरेन्द्र श्रेष्ठकी ५ बर्षीया छोरी नदीना श्रेष्ठको मृत्यु भएको हो ।

दुर्घटनामा ३ यात्रु गम्भीर घाइते भएका छन् । उनीहरुको न्यूरो अस्पताल विराटनगरमा र सामान्य घाइते ७ स्थानीय पथरी अस्पतालमा उपचार भइरहेको छ ।

बस घटनास्थलमै रहेको र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय, पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...