ऐतिहासिक भगवती जात्रा निकालिँदै

पाल्पा । पश्चिमाञ्चलकै ठूलो र राष्ट्रियता जोगाउने पर्वको रुपमा लिइने ऐतिहासिक भगवतीको जात्रा भगवतीको रथयात्रा आज पाल्पामा निकालिँदैछ 

नेपालले अंग्रेज सेनालाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुशियालीमा मंगलबार पाल्पामा विजयोत्सवस्वरुप भगवती जात्रा निकालिन लागेको हो ।

दिउँसो १२:३० देखि १२:४५ को शुभसाइतमा स्वस्ती वाचन गरी तानसेन नगरपालिका ३ को भगवती टोलमा रहेको भगवतीको मन्दिरबाट ऐतिहासिक भवगती जात्रा निकालिने रणउजेश्वरी भगवती गुठी सञ्चालक समितिका अध्यक्ष राजेश्वर उदयले जानकारी दिए।

तानसेनको मध्यभागमा रहेको भगवती देवीको पाउ छोएर युद्धमा विजयी भएमा मन्दिर बनाई सिन्दूरजात्रा गर्नेछु र भगवतीको महिमा चारैतर्फ फैलाउनेछु भनी भाकल गरेका थिए । नेपाली सेनाले सलामी दिएर तीन पटक मन्दिर परिक्रमा गराएपछि भगवती जात्रा रथ यात्रा निकालिनेछ ।

पाल्पाली प्रशासकका रुपमा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपालले वि .सं १८७१ पुसदेखि १८७२ जेठसम्म भएको अंग्रेजसँगको युद्धमा बुटवलको जितगढी लगायतका क्षेत्रमा विजय हासिल गरेको सम्झनामा वि . सं १८७७ देखि निरन्तर रुपमा विजयोत्सव भगवती जात्रा मनाइँदै आएको छ । अंग्रेजलाई युद्धमा हराएकाले विजय जात्राका रुपमा सञ्चालन हुँदै आएको मन्दिरको नामसमेत रणउजिरेश्वरीबाट चर्चित रहँदै आएको छ ।

दुईपटकसम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा विजयी भएपछि कर्णेल उजिरसिंह थापाले विसं १८७२ देखि ७६ सम्म गजुरसहितको ३ तले मन्दिर निर्माण गरी विसं १९७७ देखि विजयोत्सवका रुपमा प्रत्येक वर्ष भाद्र कृष्ण पक्षको नवमीको दिन भगवती जात्रा निकालिँदै आइएको छ ।

विद्यालय एवं विभिन्न सङ्घसंस्थाको उपस्थितिमा निकालिने भगवती जात्रा रथ यात्रा लाई भजनकीर्तन, पञ्चेबाचा, लाखेनाच, विभिन्न सांस्कृतिक झाँकीसहित तानसेन नगर परिक्रमा गराएर पुनः भगवतीको मन्दिरमा लगी विसर्जन गरिनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...