बाढी पीडितका लागि छिट्टै राहत प्याकेज वितरण शुरु गरिने

बर्दिवास,। स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले छिट्टै बाढी पीडितका लागि राहत प्याकेज वितरण शुरु गरिने बताएका छन् ।

महोत्तरीमा बाढीले ताण्डव मच्चाएर सडक, खानेपानी, सञ्चार, बिजुली, स्वास्थ्य संस्था र विद्यालय सहितका संरचना तहसनहस पार्दा जनजीवन अत्यन्त प्रभावित भएको मन्त्री पोखरेलले जानकारी दिएका छन्।

बाढीले नोक्सान पु¥याएका सडक, खानेपानी, सिँचाइ र स्वास्थ्य संस्थाका संरचनाको मर्मत सम्भार र पुनःनिर्माणलाई प्राथमिकता दिइने मन्त्री पाखरेलको भनाइ थियो ।

महोत्तरीमा बाढीको प्रकोप निरीक्षण गर्न हेलिकप्टरबाट आएका मन्त्री पोखरेल यहाँका स्थानीय सरकारी अधिकारीलाई बाढीपछिको राहत, उद्धार कार्यक्रमको संयोजन गर्न निर्देशन दिएर साँझ काठमाडौँ फर्केका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...