एमालेबाट ‘प्राकृतिक विपत्ति कोष’ स्थापित

काठमाडौँ । नेकपा (एमाले) ले बाढी पहिरोपीडितलाई राहत तथा सहयोग उपलब्ध गराउन ‘प्राकृतिक विपत्ति राहत कोष’ स्थापना गर्ने निर्णय गरेको छ ।
एमाले केन्द्रीय सचिवालयको आजको बैठकले कृषि विकास बैंक, कालीमाटी शाखामा रहेको ०२१०३००७१७९१७ खाता नं मा रकम संकलन गर्ने निर्णय गरेको हो । बैठकले केही दिनदेखि देशका विभिन्न भागमा परेको अविरल वर्षापछि आएको बाढीपहिरो तथा डुबानका कारण सयौँले जीवन गुमाउनुपरेकामा दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
बाढीमा परी बेपत्ताको शीघ्र खोजी गर्न तथा घाइतेको उपचारको व्यवस्था गर्न बैठकले सरकारसमक्ष माग गरेको छ । बैठकले महासचिव ईश्वर पोखरेलको नेतृत्वमा केन्द्रीय उद्धार, राहत तथा पुनःस्थापना समिति स्थापना गर्ने निर्णय गरेको छ । समितिमा केन्द्रीय सचिवालय सदस्य, प्रभावित जिल्लाका पार्टी, मोर्चा संगठन, सम्पर्क कमिटी र मञ्च तथा स्थानीय तहका जननिर्वाचित प्रतिनिधिलाई समावेश गरिने छ ।
बैठकले बाढीपहिरो र डुबानबाट मृत्यु भएका परिवारलाई प्रतिमृतक रु पाँच लाख सहयोग उपलब्ध गराउन तथा तत्काल आवास तथा अन्य राहतका लागि प्रतिपरिवार रु एक लाख सहयोग उपलब्ध गराउन सरकारसमक्ष माग गरेको छ । बाढीपहिरो र डुबानबाट आवास गुमाएका जनताका लागि तत्काल आवास निर्माण गर्न रु तीन लाख अनुदानका साथै रु तीन लाख निव्र्याजी ऋण प्रदान गर्ने व्यवस्था गर्न पनि सरकारसमक्ष माग गरिएको छ ।
बैठकले राज्य, निजी क्षेत्र र अन्य विभिन्न पक्षबाट सञ्चालन भएका उद्धार, राहत तथा पुनःनिर्माणका कामको अनुगमनका लागि ‘उच्चस्तरीय संसदीय अनुगमन समिति’ गठन गर्न सरकारसमक्ष आग्रह गरेको पार्टीका प्रचार तथा प्रकाशन विभाग योगेश भट्टराईले जानकारी दिए ।
सम्बन्धित समाचार
कोरियाबाट फर्केर कृषि व्यवसायमा, वार्षिक १० लाख आम्दानी
भोजपुर । कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका–८ का रेवतीरमण थापा कृषि व्यवसायमा लागेका छन् ।...
मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन
धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...
धनकुटामा शुरु भयो सार्वजनिक सवारीसाधनमा टाइम कार्ड
धनकुटा । धनकुटा जिल्लामा पहिलोपटक सवारी साधनहरुमा टाईम कार्ड लागु गरिएको छ । सवारी दुर्घटना न्यू...
हड्डी अड्किएर धनकुटाको मूर्तिढुंगामा बृद्धको मृत्यु
धनकुटा । मासु खाने क्रममा घाँटीमा हड्डी अड्किँदा धनकुटाको महालक्ष्मीमा एक वृद्धको मृत्यु भएको छ ।...
तिनकुने घटना : दुर्गा प्रसाइसहित ७ जना जेल चलान, ३२ जना धरौटीमा रिहा
काठमाडौं । काठमाडौं जिल्ला अदालतले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा भ...
धनकुटामा देखियो पशुमा लाग्ने लम्पी स्किन रोगको संक्रमण
धनकुटा । दुई वर्षअघि देशभर गाईभैंसीमा महामारीझैं फैलिएको लम्पी स्किन रोग अहिले फेरि धनकुटामा देखि...
मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन
धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...
प्रतिकृया दिनुहोस