स्वास्थ्यकर्मीका मीठो बोली र हँसिलो व्यवहारले बिरामीको आधा रोग निको हुन्छः राष्ट्रपति
काठमाडौँ । ‘मैले कोशी अञ्चल अस्पतालमा दुई सन्तानलाई जन्म दिएको थिएँ, मलाई अहिले पनि ती दिनका सम्झना आइरहन्छ, आँखा अगाडि ती दिन सजीव छन् । तीता मीठा अनुभव छन् ती दिनका । डा कस्तुरी मल्लले मलाई पहिलो सन्तान जन्माउन चिकित्सकीय सहयोग गर्नुभएको थियो ।’
प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले भावुक हुँदै आफ्ना विगतका स्मरणलाई सुनाइन। प्रसूति तथा नवजात शिशु उपचार गर्ने र ती उपचारका लागि अन्यत्र ‘रिफर’ नगर्ने एक मात्र अस्पताल परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ५८ औँ वार्षिकोत्सवका अवसरमा अस्पतालको आँगनमा आयोजित कार्यक्रमलाई राष्ट्रपति भण्डारी सम्बोधन गर्दै थिइन् ।
‘म राष्ट्रपतिको पदबाट भन्दा आफ्नो जीवनको भोगाइलाई यहाँ व्यक्त गरिरहेको छु, तपाईं चिकित्सक, स्वास्थ्यकर्मीका मीठो बोली र हँसिलो व्यवहारले मात्र पनि सेवा लिन स्वास्थ्य संस्थामा आउने बिरामीको आधा रोग निको हुन्छ’, राष्ट्रपति भण्डारीले भनिन्।
उनले भनिन्, ‘मैले सुनेको छु, प्रहरीको मुस्कानसहितको सेवाले प्रहरीप्रति आम जनताको धारणामा परिवर्तन आएको छ, अब चिकित्सक एवं स्वास्थ्यकर्मीले पनि प्रेमपूर्वक मुस्कानसहितको सेवा आवश्यक हुन्छ कि ।”
राष्ट्रपति भण्डारीले आफूले सो अस्पतालमा पटक पटक सेवा लिन आएको स्मरण गर्दै त्यहाँको प्रसूति, स्त्रीरोग तथा नवजात शिशु सेवा राम्रो रहेको हुँदा यसलाई जिल्ला तथा स्थानीय तहसम्म विस्तारका लागि ध्यान दिन आग्रह गरिन् । उनले मातृ शिशु र प्रजनन स्वास्थ्य राष्ट्रको स्वास्थ्यसँग पनि गाँसिएको हुँदा यस क्षेत्रमा लगानी वृद्धि गर्न तथा महिलाको समग्र स्वास्थ्य स्थितिमा सुधार ल्याउन पोषण, खानपान र विवाहमा ध्यान दिनुपर्छ भनिन् ।
सो अवसरमा स्वास्थ्य मन्त्रालयका सचिव डा. किरण रेग्मीले अस्पताललाई आवश्यक आर्थिकलगायत सबै सहयोग पु¥याउन मन्त्रालय प्रतिबद्ध रहेको जानकारी दिए । अस्पतालका निर्देशक प्रा. डा. अमिरबाबु श्रेष्ठले अस्पतालले आफ्नै औषधालय सञ्चालनमा ल्याएको, प्रसूति नर्सिङ तहमा प्रवीणता तहको अध्यापन शुरु हुन लागेको र महिलाको पाठेघरको अर्बुद रोग पत्ता लगाउने एलबिसी सेवा शुरु भएको जानकारी दिए ।
विसं २०१६ कृष्णाष्टमीका दिन ४० श्ययाबाट शुरु भएको सो अस्पताल ४१५ श्यया सञ्चालनमा ल्याए पनि विसं २०७२ को भूकम्पले भवनलाई क्षति पु¥याएपछि हाल ३५० श्ययामा खुम्चिन बाध्य भएको छ । जापान सरकारले भत्किएको भवन निर्माणमा सहयोग पु¥याउने प्रतिबद्धता जनाइसकेको छ ।
गत वर्ष अस्पतालमा भर्ना भएका कूल २५ हजार ४६३ मध्ये १८ हजार ९२७ ले अस्पतालमा शिशु जन्माएका थिए । बच्चा जन्माएकामध्ये पाँच हजार १८७ को शल्यक्रिया भएको थियो । हाल अस्पतालमा दैनिक ५२ जनाले शिशु जन्माउने र त्यसमा १४ जनाको शल्यक्रिया हुने गर्छ । अर्कातर्फ अस्पतालमा पूर्ण स्तनपान नीति छ । गत आवदेखि नवजात शिशु निःशुल्क उपचारसमेत शुरु भएको छ ।
यसैगरी अति विपन्न तथा अर्थ अभाव भएकाहरुलाई निःशुल्क सेवासमेत प्रदान गरिरहेको छ । गत आवमा ५०८ महिलाले सो सेवा लिएका थिए । सो अवसरमा अस्पतालमा सेवा गरेका चिकित्सक, स्वास्थ्यकर्मी दीर्घ सेवापदक तथा नवजात शिशु तथा शिशुलाई पुरस्कृत गरिएको थियो ।
सम्बन्धित समाचार
रास्वपा सभापति रवि लामिछानेलाई थुन्न म्याद थपेको थप्यै, थप १५ दिनको म्याद
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की ज...
पूर्वमन्त्री पदम राईको काठमाडौंमा निधन
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्वभौतिक योजना तथा निर...
बाल अधिकार रक्षकहरुको राष्ट्रिय भेला काठमाडौंमा सुरु
काठमाडौं । बाल अधिकार रक्षकहरुको तीनदिने राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ । बाल विवाह रोकथाम...
धान फल्ने खेत मासे, सुन्तला फलाएर लाखौं कमाए
म्याग्दी । १३ वर्षअघि अंश वापत पाएको ५ रोपनी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोप्दा बेनी नगरपालि...
मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ मा एक लाख पर्यटक भित्र्याउने तयारी
खोटाङ । ‘मुन्दुम ट्रेल’ (पदमार्ग) को पर्यटन प्रवर्द्धन गर्न पुस १७ गतेदेखि ‘मुन्दुम ट्रेल भ्रमण व...
काभ्रेमा बाढीपहिरोबाट करिब १३ हजार रुख क्षति
काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा १३ हजार चार सय २७ वटा रुख क्ष...
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
प्रतिकृया दिनुहोस