पत्रकार महासंघमा प्रेस चौतारीबाट तीर्थ कोइरालाको उम्मेदवारी

Thirtha koirala chauthari

काठमाडौं । प्रेस चौतारी नेपालले वरिष्ठ पत्रकार तीर्थ कोइरालालाई नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा उम्मेदवार बनाउने घोषणा गरेको छ ।

सोमबार अपराह्न काठमाडौंको बाजबजारमा आयोजित कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले चौतारीका तर्फबाट कोइरालाको उम्मेदवारी घोषणा गरेका हुन् । 

लामो समय कान्तिपुर टेलिभिजनको समाचार प्रमुख भएर काम गरेका कोइराला अहिले थाहा खबर अनलाइन पत्रिकाको सम्पादक हुन । उम्मेदवारी घोषणा सभामा प्रेस चौतारीका अध्यक्ष बस्नेतले कोइरालाको जित सुनिश्चित रहेको बताए । पत्रकार महासंघलाई पत्रकारकै संस्थाको रुपमा राख्नुपर्नेमा उनले जोड दिए ।

व्यवसायिक र प्रगतिशिलहरुको तर्फबाट उम्मेदवारी घोषणापछि वरिष्ठ पत्रकार कोइरालाले श्रमजीवि पत्रकारको हितका लागि आफू लागि पर्ने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...