देउवाको भारत भ्रमणको तयारी पूरा

भ्रमण जलविद्युत, रेल्वे, सडक र सम्पर्क सञ्जालमा केन्द्रित रहने

Deoba nepal

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा जलविद्युत, रेल्वे, सडक र सम्पर्क सञ्जालजस्ता विषयमा केन्द्रित हुने भएको छ ।

प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका बेला विशेष गरी जलविद्युत, रेल्वे लाइन, सडक र सम्पर्क सञ्जालका विषयमा छलफल र परामर्श हुने नेपालका लागि भारतीय राजदूत मन्जिब सिंह पुरीले बताए ।

उनले भारतको सहयोगमा वा अन्य कुनै पनि जारी निर्माणाधिन परियोजना र कार्यान्यनवमा भ्रमणमा जोड दिने बताए । नेपालले चाहेको सहयोग गर्न भारत सधै तयार रहेको भन्दै पुरीले नेपालले के चाहन्छ त्यसको लागि भारत सधै सहयोग गर्न तयार रहेको दावी गरे ।

भारतको ७०औं स्वतन्त्रता दिवसको पूर्वसन्धामा रिपोर्टर्स क्लब नेपालले गरेको कार्यक्रममा नेपालमा सञ्चालन र निर्माणाधीन नेपालका आफ्नै परियोजनामा पनि भारतले सहयोग गर्ने पुरीले प्रतिवद्धता जनाए ।

राजदूत पुरीले प्रधानमन्त्री देउवाको भ्रमण फलदायी र सफल बनाउन भारतले कुनै कसर बाँकी नराख्ने बताए । उनले प्रधानमन्त्री देउवाको भारत भ्रमणको सम्पूर्ण तयारी भइसकेको जानकारी दिए ।

६ महिनाको विचमा नेपाल र भारतबीचमा भएको उच्च स्तरीय भ्रमण संसारको कुनै पनि मुलुकमा नभएको भन्दै उनले यो सम्बन्ध प्रगाढ र सौहार्दपूर्ण रहने बताए । ‘संसारको कुनै पनि मुलुकमा हाम्रो जस्तो सम्बन्ध छैन । ६ महिनाको अवधिमा हाम्रो ५ वटा उच्चस्तरीय भ्रमणहरू भए’ उनले भने, ‘दुबै देशका राष्ट्रपतिको नेपाल भारत आवात जावत भइरहन्छ, यस्तो भिजिट अरू मुलुकसँग हुन्न ।’

पुरीले नेपाल भारत सम्बन्ध सदियौदेखि चलिआएको र यसलाई ईश्वरले नै बनाएकोले कुनै शंका उपशंका नगर्न आग्रह गरेका छन् । ‘नेपालसँग भारतका ५ वटा प्रान्तमा १८ सय किलोमिटर क्षेत्रफल जोडिएको छ । यो हाम्रो सम्बन्ध ईश्वरले नै बनाएका हुन्’ उनले भने, ‘नेपाल एउटा घनिष्ट मुलुक भएकाले नेपालसँग हाम्रो सधै साथ रहनेछ, मोदीको नीति भनेकै छिमेकी प्रथम भन्ने हो । त्यसैले यसबाट नेपालमा धेरै विकासमा सम्भावना छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...