बाढीपिडीतकहाँ मन्त्री पुग्दा भगवान आएजस्तै

आपूर्ति मन्त्रीलाई बाढीपिडीतले भने – घाउमा मल्हम लगाउन आउनुभयो

Mantri shiv kumar mandan (6)

मोरङ् । बाढीका कारण घरबास डुवेर विद्यालयमा आश्रय लिएकी मोरङ्ग धनपालथानकी चन्द्रा सरदार आफू बसेको ठाउँमा मन्त्री पुगेर सान्त्वना दिँदा पिरको भारी विसाएको जस्तो भयो ।

जायजेथा सबै डुवेर बिरक्तलागेको अवस्थामा अविभावकको रुपमा आफ्नै अगाडी मन्त्री आउँदा उनलाई राहत पाउने आशा जाग्यो ।

मन्त्री आफ्नो डुवेको घर आँगनमा सान्त्वना दिन पुगेपछि दिलिप खवासले पनि खुसी व्यक्त गरे । चन्द्रा र दिलिप मात्र होइन मन्त्री आफै डुवानपिडीत जनताकहाँ पुगेपछि मोरङ्गको डुवानपिडीतलाई सरकारप्रति आशा जाग्यो ।

‘डुवानका कारण हामी एकठाउँबाट अर्को ठाउँमा पुग्न नसकेर विचल्ली छ, काठमाडौंबाट मन्त्रीज्यू आएर अवस्था सोधपुछ गर्दा पनि राहत महसुस भयो’ धनपालथानकै दयानन्द सर्दारले भने ‘मन्त्री नै आएर हाम्रो अवस्था देखेपछि आफ्नो समस्या चाँडै समाधान हुन्छ भन्ने आश जागेको छ ।’

उनले मोरङ्गको रंगेली, कदमाहा, धनपालथान, कटहरी, लगायतका विभीन्न बाढी प्रभावित क्षेत्रका जनताको घरदैलोमा पुगेर अवस्थाबारे जानकारी लिए ।

मन्त्री मण्डलले तत्कालै राहत स्वरुप भूजा र चाउचाउ वितरण गर्नुका साथै दाल, चामल, नुन, तेल वितरणका लागि खाद्य संस्थानलाई निर्देशन दिए ।

मन्त्री मण्डल सोमबार केराबारी, पथरी, अमरदह, बेलबारी लगायतका र स्थानका बाढीपिडीतकहाँ पुगेका थिए । बेलबारीको ९ नम्बर वडामा एकै टोलका १२ घर बगेपछि विचल्ली भएको ठाउँमा पुग्दा जनताले मन्त्रीलाई भगवान आएजस्तो भएको भन्दै खुसी व्यक्त गरे ।

‘पिडाको बेलामा पनि घाउमा मल्हम लगाउन मन्त्रीज्यू आउनुभयो, भगवान आएजस्तै भएको छ,’ स्थानीय स्थानीय रमेश कटुवालले भने – ‘आजसम्म कोही आएको थिएन, अव राहत चाँडै दिने व्यवस्था गरीदिनुस ।’

पिडीतलाई भेटेपछि मन्त्री मण्डलले जिल्ला दैविप्रकोप उद्धार समितिका अध्यक्ष रहेका प्रमुख जिल्ला अधिकारी र खाद्य संस्थानको क्षेत्रीय कार्याल प्रमुखलाई तुरुन्त राहत सामग्री उपलब्ध गराउन निर्देशन दिए ।

आफू बाढीप्रभावित क्षेत्रका जनतासंग रहेपनि मन्त्री मण्डलले तत्काल राहत वितरणको व्यवस्था मिलाउन निर्देशन दिए ।

खाद्य संस्थान, साल्ट ट्रेडिङ्ग र नेशनल ट्रेडिङ्ग लिमिटेडलाई खाद्यान्न वितरणको व्यवस्थाका लागि र आय निगमलाई ईन्धनको पर्याप्त व्यवस्था गर्न निर्देशन दिए ।

मन्त्रीको निर्देशन पछि नेपाल खाद्य संस्थानले दाल चामल वितरणका लागि तयारी अवस्थामा राखेको छ भने साल्ट ट्रेडिङ्गले खाने तेल तयारी अवस्थामा राखेको छ ।

के तयारी गरे आपूर्तिमन्त्रीले ?

बाढी पिडीतलाई वितरण गर्न आपूर्ति मन्त्रालयले चामल, कर्णालीको सिमिको दाल, तेल र नुन वितरणका लागि तयारी अवस्थामा राखेको छ ।

तयारी अवस्थामा रहेको खाद्यवस्तु् दैवि प्रकोप उद्धार समितको समन्वयमा वितरण गरीने मन्त्री मण्डलले बताए ।

चामल र दाल नेपाल खाद्य संस्थानमा र तेल र नुन साल्ट ट्रेडिङ्गको गोदाममा छ । विर्तामोड, विराटनगर, लाहान, राजविराज, जनकपुर, विरगंज, भैरहवा, नेपालगञ्ज, सुर्खेतमा रहेका खाद्य संस्थानका कार्यालयहरुमा चामल राखिएको छ ।

मन्त्रालयले खाद्य संस्थानसंग काठमाडौं थापाथलीमा ३४ हजार ८ सय ३४ क्विन्टल, झापाको बिर्तामोडमा ७ हजार ८ सय क्विन्टल, मोरङ्गको विराटनगरमा ४ हजार ७६, सिराहाको लाहानमा २३ हजार ५ सय ८६, जनकपुरमा ३ हजार ३ सय क्विन्टल, पर्साको वीरगन्जमा १२ हजार ८ सय ८८, रुपन्देहीको भैरहवामा ५ हजार २ सय ९३, बाँकेको नेपालगन्जमा ८ सय ८०, बर्दियाको राजापुर ९ हजार ३ सय ५२, कैलालीको धनगढीमा २ हजार ७ सय ५४ क्विण्टल चामल मौज्दात रहेको जनाएको छ ।

ति सबै स्थानमा रहेका साल्ट ट्रेडिङ्गका कार्यालयहरुमा नुनको पनि पर्याप्त व्यवस्था छ । खाद्यको काठमाडौ गोदाममा कर्णालीको सिमिको दाल ९ सय क्विण्टल छ ।

खाद्य संस्थानको केन्द्रिय गोदाम थापाथलीमा रहेको सिमी २ किलोको प्याकेटका दरले ४५ हजार प्याकेट तयार पार्ने काम भैरहेकोले केन्द्रिय दैवि प्रकोप उद्धार समितिको माग अनुसार हेलिकोप्टरबाट सम्बन्धित ठाउँमा ढुवानीको व्यवस्था गरीने छ । विरंजमा रहेको साल्ट ट्रेडिङ्गको गोदाममा एक लिटरका दरले ५० हजार घर परीवारका लागि खानेतेल तयारी अवस्थामा छ ।

‘तयारी अवस्थाको खाद्यान्न जिल्ला दैवि प्रकोप उद्धार समतिको मागपछि सम्बन्धित ठाउँमा उपलब्ध गराउने व्यवस्था गरेका छौँ’ मन्त्री मण्डलले भने ‘काठमाडौमा रहेको ४० देखि ४५ हजार प्याकेट दाल र बिरगंजमा रहेको तेल हेलिकोप्टरबाट आवस्यक ठाउँमा पठाउने र जिल्ला दैवि प्रकोप उद्धार समितिले वितरण गर्ने गरी तयारी छ ।’
हरेक दिन ५ बजेसम्म सबै जिल्लाको रीपोर्ट मन्त्रालयले दैनिक रुपमा खाद्यान्न वितरण, आवश्यकता, समस्या आदिको रीपोर्ट अद्यावधिक गर्ने समेत व्यवस्था गरेको छ ।

मन्त्रालय, विभाग देखि सबै संस्थानको केन्द्रिय कार्यालय र मातहतका अंचल तथा जिल्ला कार्यालयमा फोकल पर्सन तोकेर दैवि प्रकोप उद्धार समितिलाई उनीहरुको नम्बर उपलब्ध गराएको छ ।

सम्बन्धित कार्यालयले सम्बन्धित निकायसंग समन्वय गरी खाद्यान्न वितरण गर्ने र हरेक दिन दिउँसो ५ बजेसम्म आधिकारीक तथ्यांक केन्द्रिमा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

प्राप्त तथ्याँक मन्त्रालयमा एकीकृत गरी गृह मन्त्रालय अन्तर्गतको केन्द्रिय दैविप्रकोप उद्धार समितिकहाँ उपलब्ध गराउने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

उनले भने ‘जिल्ला दैविप्रकोप उद्धार समितिलाई त्यहाँ समन्वय गर्न सजिलो होस भनेर यो सबै विवरण वेभसाईटमा राखिएको छ,’ । अहिले जिल्ला दैविप्रकोप उद्धार समितिले ड्राईफुड चिउरा, दालमोठ, चाउचाउ गृहले बितरणको काम भैरहेको आपूर्ति मन्त्रालयले जनाएको छ ।

यसैविच सबै बाढी पिडीतका लागि संकलन भएको वस्तुगत राहत संकलनका लागि आपूर्ति मन्त्रालयले खाद्य संस्थानको केन्द्रिय कार्यालयमा गोदाम उपलब्ध गराउने भएको छ ।

केन्द्रिय क्षति मूल्यांकन समितिको बैठकले वितरण प्रकृया एकद्धार प्रणालीबाट उपलब्ध गराउने १० दिनभित्र क्षति मूल्यांकन गर्ने निर्णय पनि गरेको छ ।

आपूर्ति मन्त्रालयले अन्तर्गतक संस्थानहरु खाद्य, आयल, साल्टको क्षति मूल्याँकन गरेर विनीयोजीत बजेटबाट मर्मतसंहारतर्फ लाग्ने र अन्यका लागि जिल्ला दैविप्रकोप उद्धार समितिको माग अनुसार सहयोग उपलब्ध गराउने आपूर्ति मन्त्रालयमा सचिव प्रेम कुमार राईले बताए ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...