जब मृत बालकलाई पुर्ने ठाउँ भएन (फोटो कथा)

बाढीको दर्दनाक तस्बिर

Saptari 1 14082017020120 1000x0 (1)

काठ्माडौँ । सप्तरीको कोइलाडी– ६ का ८ वर्षीय कमल सदाको मृत्यु भएपछि कोशीमा बगाएको तस्बिर चर्चित भएको छ । यूरोपियन फोटो एजेन्सी (ईपीए)का लागि फोटो पत्रकार नरेन्द्र श्रेष्ठले उक्त तस्बिर खिचेका हुन् । निरन्तरको वर्षाले बिरामी भएका सदाको आइतबार मृत्यु भयो । परम्पराअनुसार बालकलाई पुरेर अन्तिम संस्कार गर्नुपर्ने थियो । तर, बाढीले पुर्ने ठाउँ नभएपछि बालकको शवलाई उनका काका देवकुमार सदाले बगाइदिए ।

तस्बिर साभार : ईपीए

मृतक बालक कमल सदालाई बोकेका काका देवकुमार सदा ।

मृतक बालक कमल सदालाई बगाउन कोशीमा लैजाँदै काका देवकुमार सदा ।

मृतक बालक कमल सदालाई बगाउँदै काका देवकुमार सदा ।

मृतक बालक कमल सदालाई बगाएर फर्कंदै काका देवकुमार सदा ।

मृतक बालकलाई कोशीको भेलमा छाडेपछि ।

कान्तिपुरबाट

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...