खोज, उद्धार, राहत कार्यमा सक्रिय : रेडक्रश सोसाइटी
काठमाडौँ । अविरल वर्षा तथा बाढी पहिरोको विपत्तिमा नेपाल रेडक्रश सोसाइटीले आफ्ना प्राथमिक उपचारक, रेस्पोन्स स्वयंसेवक, खोज, उद्धार तथा राहत वितरण कार्यमा अनवरतरुपमा जुटिरहेको जनाएको छ । ।
झापा मोरङ, सुनसरी, सिरहा, सर्लाही, बारा, सप्तरी, बाँके, धनुषा, बर्दिया, सिन्धुली, रसुवा, चितवन, मकवानपुर, सिन्धुली, ललितपुरलगायतका बाढी तथा पहिरोबाट बढी प्रभावित स्थानमा स्थानीय पाँच हजार रेडक्रशका स्वयंसेवक तल्लिन रहेका सोसाइटीका अध्यक्ष सञ्जीव थापाले जानकारी दिए ।
सोसाइटीका अनुसार हालसम्म ती जिल्लामा ६६ जनाको मृत्यु, ५० जना हराइरहेका, ४४ घाइते भएका, दुई हजारभन्दा बढी परिवार विस्थापित र १९ हजारभन्दा बढी परिवार प्रभावित भएका छन् । उनले आपत्कालीन अवस्थामा आफ्नो जीवन रक्षा गर्न, आफू सुरक्षित भई बस्ने स्थानको प्रबन्ध मिलाउन, पिउने पानी र स्वास्थ्यको ख्याल गर्न, बृद्ध तथा बालबालिकाको संरक्षणमा विशेष ख्याल गर्न आग्रह गरे ।
बाढी पहिरोबाट हालसम्म ३० जिल्ला बढी प्रभावित रहेका र ती मध्ये १७ जिल्ला बढी प्रभावित बनेका छन् । बढी प्रभावित र प्रभावित जिल्लामा अस्थायी बसोबास गर्न तारपोलियन, तयारी, खाना, पानी शुद्धीकरणका औषधि, प्राथमिक उपचारलगायतका अत्यावश्यक राहत वितरण कार्य भइरहेको सोसाइटीका उपमहामन्त्री हरि न्यौपानेले जानकारी दिए ।
उहाँले सोसाइटीले केन्द्रमा आपत्कालीन आपरेशन केन्द्रलाई सक्रिय बनाइएको र जिल्लास्थित आफ्ना शाखालाई उच्च प्राथमिकताका साथ बाढी पहिरोपीडित खोज, उद्धार र राहत वितरणमा जुट्न निर्देशन दिइएको बताए ।
त्यसैगरी सोसाइटीले विपद्को पूर्व तयारीमा सचेत रहन स्थानीय समुदायलाई आह्वान गर्दै जिल्लास्थित विपद् व्यवस्थापन समितिसित समन्वय गरी आफ्ना आपत्कालीन टोलीलाई थप सक्रियसमेत बनाएको छ ।
सोसाइटीले बाढी पहिरो प्रभावितका खोज उद्धारमा प्रतिकूल मौसम हुँदाहुँदै पनि आफ्ना स्वयंसेवक जुटिरहेका जनाएको छ । साथै आफ्ना क्षेत्रीय गोदाम, जिल्लाका गोदाममा रहेका गैरखाद्य सामग्री बाढीपीडितलाई वितरण भइरहेको जनाएको छ ।
सम्बन्धित समाचार
रास्वपा सभापति रवि लामिछानेलाई थुन्न म्याद थपेको थप्यै, थप १५ दिनको म्याद
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की ज...
पूर्वमन्त्री पदम राईको काठमाडौंमा निधन
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्वभौतिक योजना तथा निर...
बाल अधिकार रक्षकहरुको राष्ट्रिय भेला काठमाडौंमा सुरु
काठमाडौं । बाल अधिकार रक्षकहरुको तीनदिने राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ । बाल विवाह रोकथाम...
धान फल्ने खेत मासे, सुन्तला फलाएर लाखौं कमाए
म्याग्दी । १३ वर्षअघि अंश वापत पाएको ५ रोपनी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोप्दा बेनी नगरपालि...
मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ मा एक लाख पर्यटक भित्र्याउने तयारी
खोटाङ । ‘मुन्दुम ट्रेल’ (पदमार्ग) को पर्यटन प्रवर्द्धन गर्न पुस १७ गतेदेखि ‘मुन्दुम ट्रेल भ्रमण व...
काभ्रेमा बाढीपहिरोबाट करिब १३ हजार रुख क्षति
काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा १३ हजार चार सय २७ वटा रुख क्ष...
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
प्रतिकृया दिनुहोस