गृहमन्त्रालय द्धारा राहत संकलन संयोजन समिती गठन

काठमाडौँ । बाढी पहिरो प्रभावित क्षेत्रहरुमा थप राहत प्रदान गर्न मन्त्रालयले सहसचिव केदार न्यौपानेलाई राहत संकलन संयोजन समितिको संयोजक तोकेको छ ।

राहत सामाग्री त्रिपाल, भाँडाकुडाँ खाद्दान्न दाल, चामल, नुन, तेल, ड्राइफुड लगायत नयाँ लत्ताकपडा उपलव्ध गराउन इच्छुक निजी कम्पनी, सामुदायिक संघ संस्था तथा व्यक्तिहरुले राहत संकलन संयोजन समितिका संयोजकसंग समन्वय गरी काठमाण्डौं थापाथलीमा रहेको नेपाल खाद्द संस्थानको गोदाम घर वा विश्व खाद्द कार्यक्रम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोदामघरमा यस मन्त्रालयवाट खटिएका कर्मचारीहरुलाई हस्तान्तरण गरी सहयोग गरिदिनुहुन अनुरोध गरिएको छ ।

गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आईतबार पश्चिम र पुर्वका केही बाढी प्रभावित क्षेत्रका जनतालाई भेटे पछि व्यवस्थापन कार्य तिव्र पार्न सो समिती गठन गरिएको हो ।

गृहमन्त्री शर्माले यस संकटको घडीमा सबैमा संयम अपनाउदै सहयोगी हातहरु अगाडी बढाउन आग्रह गर्नु भएको छ ।
गृहमन्त्री शर्मा आज मध्य तथा पुर्वी प्रभावित क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...