ललितपुरको कृष्ण मन्दिरमा भक्तजनकोे भीड

Latipur patan

ललितपुर । पाटन दरबारस्थित कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

श्रीकृष्ण जन्माष्टीका दिन पूजा आराधनाका लागि व्रतालु भक्तजनको लामबद्ध भीड लागेको पुजारी प्रतापधर शर्माले बताए ।

पूजाका लागि चाँपागाउँ, गोदावरी, पाटनवासीलगायत राजधानीका विभिन्न स्थानबाट व्रतालु भक्तजनको बाक्लो उपस्थिति रहेको छ ।

हरेक वर्ष कृष्ण जन्माष्टमीका दिन उक्त मन्दिरमा विशेष पूजाअर्चना गरिनुका साथै जात्रा मनाइने प्रचलन रहेको छ ।

सो क्षेत्रमा रहेको भगवान श्रीकृष्णको मन्दिरमा हरेक वर्ष राष्ट्रप्रमुखबाट पूजा गर्ने र प्रसाद ग्रहण गरिने प्रचलन रहँदै आएको छ ।

शिखरशैलीमा निर्मित सो मन्दिर राजा सिद्धीनरसिंह मल्लको पालामा निर्माण भएको हो । उक्त मन्दिरमा २१ वटा गजुर रहेको छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...