धुर्मुस–सुन्तलीद्धारा धनुषा–महोत्तरीका बाढीपिडितलाई राहत वितरण

Dhurmus

 बर्दिवास । हास्यकलाकार धुर्मुस (सीताराम कट्टेल)ले महोत्तरी जिल्लाको भंगाहा–४ रामनगरका ३५ परिवार बाढीपिडितलाई राहत वितरण गरेका छन । 

आइतबार साँझ काठमाडौँबाट बर्दिवास आइपुग्नुभएका धुर्मुसले आइतबार राति भंगाहा–४ रामनगरको मुसहर बस्तीका बाढीपीडित ३५ परिवारलाई राहत प्रदान गरे । पराले झुप्रामा बसोबास गर्दै आएका सो बस्तीका ३५ परिवारले शनिबार बिहान बाढीले घर डुबान गरेपछि भोकभोकै बस्दै आएको बेला पाइएको राहतले बाँच्ने आशा पलाएको बताएका छन् । चिउरा, मुरी (भुजा) बिस्कुट, चाउचाउ लगायतका तयारी खानेकुरा र एक÷एकवटा टर्चलाइट धुर्मुसले ३५ परिवार बाढीपिडितलाई दिनुभएको सो बस्तीका जुगल सादा मुसहरले बताए । 

धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्षसमेत रहनुभएका हास्यकलाकार धुर्मुसले आपत् परेका बेला तत्काल मलहम लगाउन आफू केही खाद्यवस्तु र टर्चलाइट लिएर बाढीपीडित भेट्न आएको बताए । राहत वितरणसँगै जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका स्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरले बाढीपिडित परिवारका सबैको स्वास्थ्य जाँच गरी औषधि वितरण गरेका थिए । गत शनिबार सो बस्तीमा पसेको रातु र बडहरि नदीको बाढीले मुसहर बस्ती डुबाएसँगै चारवटा घर लडाएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...