भरतपुरकी मेयर उद्धार र निरीक्षणमा

Renu dahal

चितवन, । भरतपुर महानगरपालीकाका मेयर रेणु दाहाल महानगरको बाढी प्रभावित क्षेत्रमा उद्धार र निरीक्षणमा निस्कनु भएको छ ।

आईतबार बिहानैदेखि बाढी प्रभावित जनताको उद्धार र निरीक्षमा निस्किएका हुन् । दाहालको पहलमा आईतबार बिहान महानगर कार्यालयमा बसको सर्वपक्षिय बैठकले बाढी प्रभावित क्षेत्रमा तत्काल निरीक्षण गर्ने, संगसंगै उद्धार गर्ने र निरीक्षणपछि राहत वितरण अभियानमा लाग्ने निर्णय गरेको थियो ।

भरतपुरको १३, २३, २७ र २८ मा बाढीका कारण समस्या भएकोले ति स्थानको निरीक्षण र उद्धारमा खटिने उनले बताए ।

बाढीले धनको धेरै क्षति भएको छ, त्यसैले तत्काल उद्धारसंगै निरीक्षणमा निस्किएका छौँ’ उनले भने ‘निरीक्षणपछि राहतका लागि कार्ययोजना बनाएर तुरुन्तै राहत वितरण शुरु गर्छौँ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...