सुत्केरी लिएर हिँडेको गाडी बाढीमा डुब्यो, ६ जनाको मृत्यु

Lal bkaiya

गौर । रौतहटमा सुत्केरी गराउन अस्पताल लैजाँदै गरेको गाडी बाढीले डुबाउँदा ६ जनाको ज्यान गएको छ।

भारतीय नम्बर प्लेटको गाडीमा सदरमुकाम गौर लैजाँदै गर्दा राजपुर फरहदवा चौकस्थित लालबकैया नदीमा डुबेको थियो।

परोहा गाँउपालिका वडा नं ०३ लौकाहाका रामसेवक प्रसाद यादवको बुहारीलाई सुत्केरी गराउन अस्पताल लैजाने क्रममा घटना भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा चन्दन किशोर यादव, सरोजकुमार यादव, चन्दनकी श्रीमती, आमा, र छोरी रहेको स्थानीय सत्रुघन सिंहले जानकारी दिए। घटना बिहान ४ बजे घटेको थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...