सरकारी कर्मचारीसहित नौजना जुवाडे पक्राउ

डडेल्धुरा, २९ साउन । डडेल्धुरा जिल्ला सदरमुकामस्थित एक होटेलबाट प्रहरीले नौजना जुवाडे पक्राउ गरेको छ ।

शनिबार अमरगढी नगरपालिका–५ कीर्तिपुर नजिकै रहेको मित्र होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरीले जानकारी गराएको छ ।

जुवा खेलिरहेको अवस्थामा जिप्रका डडेल्धुराको विशेष टोलीले उनीहरुको साथबाट रु. चार हजार ७० समेत फेला पारेको हो । पक्राउ पर्नेमध्ये अधिकांश व्यक्ति जिल्लाका सरकारी कार्यालयका कर्मचारी रहेको नायब उपरीक्षक शाहीले जानकारी दिएका हुन् । जुवाडेलाई प्रहरीले नियन्त्रणमा राखी थप अनुसन्धान थालेको छ ।

जिप्रका डडेल्धुराले जिल्लाका विभिन्न स्थानमा दैनिक भइरहेको लाखौँको जुवातास नियन्त्रणमा आफ्नो सक्रियता बढाएको हो । जिल्लाका विभिन्न स्थानमा दैनिक सादा पोशाकका प्रहरी खटाइएको प्रहरी नायब उपरीक्षकले जानकारी दिए ।

जिल्लाका ग्रामीण भेगमा रहेका प्रहरी चौकीलाई पनि जुवातास नियन्त्रणमा आफ्नो सक्रियता बढाउन निर्देशन दिइएको जिप्रका डडेल्धुराले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...