पत्रकार कोइराला क्षेत्रीय सहकारी पत्रकारिता पुरस्कारबाट पुरस्कृत
पोखरा । पत्रकार भरत कोइराला क्षेत्रीय सहकारी पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।
पोखरा रोयल सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभाको अवसरमा संस्थाका अध्यक्ष मेजर तुलसीप्रसाद गुरुङ र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेडका अध्यक्ष डिबी बस्नेतले शनिवार आयोजित एक कार्यक्रममा कोइरालालाई दोसल्ला ओढाइ ५ हजार ५ सय ५५ नगदसहित सम्मान गरिएको हो ।
सहकारी क्षेत्रमा उत्कृष्ट योगदान पु¥याएको भन्दै ११ हजार १ सय ११ राशिको राष्ट्रिय सहकारी पुरस्कारबाट जिल्ला सहकारी सङ्घका प्रबन्धक भोजराज घिमिरे पुरस्कृत भए । सहकारीले वर्षको उत्कृष्ट कर्मचारीका रुपमा विजया श्रेष्ठलाई ११ हजार नगदबाट पुरस्कृत गरेको छ ।
७५ वर्षभन्दा माथिका ज्येष्ठ आठजना शेयर सदस्यलाई संस्थाले मासिक ५ हजार पेन्सन वितरण गरेको छ । पेन्सन पाउने ज्येष्ठ शेयर सदस्यहरुमा वीलबहादुर गुरुङ, टीकाप्रसाद गुरुङ, डा एलियम्मा जोन, चन्द्रबहादुर गुरुङ, भेषराज ढकाल, जयबहादुर श्रेष्ठ र भगवती ढकाल रहेका छन् ।
साे सहकारी संस्थाले १ अर्ब २८ करोडको कूल कारोबार गरेको सहकारीले आव २०७३/७४ मा नेपाल सरकारलाई ९३ लाख तीन हजार आयकर बुझाएको छ । संस्थाको शेयर पूँजी १५ करोड ७४ लाख, जगेडा कोष ६ करोड ६८ लाख, निक्षेप ९२ करोड ७९ लाख तथा ९३ करोड ८९ लाख कर्जा लगानी गरेको छ ।
सहकारीले गत आवमा ५ करोड ५ लाख सञ्चालन बचत गर्न सफल भएको छ ।
सम्बन्धित समाचार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बै...
विदेशी विनिमय दर : पाउन्ड र अस्ट्रेलियन डलरको घट्यो, कुबेती दिनारको मूल्य बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सहटी दरअनुसार अमेरिकी डलरको मूल्य ...
दशैंको सुकिला नोट असोज १३ मै पाइने, कहाँ कहाँ पाइन्छ ?
काठमाडौं । दशैंका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले सूचन...
बहुप्रतीक्षित आईफोन १६ सार्वजनिक, जसले रोमाञ्चक नवयुगको सुरुवातको झल्को दिन्छ
काठमाडौँ । ट्रिलियन डलर कम्पनी एप्पलले आईफोन शृंखलाको १६औँ संस्करण सार्वजनिक गरेको छ । सोमबार रात...
नेप्से १२ अंकले घट्यो, ९ अर्बको कारोबार
काठमाडौँ । नेप्सेमा आज १२.१० अंकको गिरावट आएको छ । विहिबार नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से प...
१६औं संस्करणको ‘नाडा अटो शो’ सुरु, २० अर्ब बढीको कारोबार हुने अनुमान
काठमाडौं । करोडौं मूल्यका सवारीसाधनदेखि चटपटेसम्मका स्टल राखिएको १६औं संस्करणको ‘नाडा अटो शो’ मंग...
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
प्रतिकृया दिनुहोस