मकवानपुरमा खोलाले बगाएर दुईजनाको मृत्यु

Makawanpur

हेटौँडा । गएरातिदेखि अविरलरुपमा परिरहेको वर्षाले मकवानपुर जिल्लाको बकैया गाउँपालिका र वाग्मती गाउँपालिकामा खोलाले बगाएर दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । 

मृत्यु हुनेहरुमा वाग्मती गाउँपालिका वडा नं १, फापरबारी बस्ने ५० वर्षीय पञ्चकुमार कुमाल र बकैया गाउँपालिका वडा नं ६ बस्ने ६० वर्षीय वीरबहादुर घलान रहेको जिप्रका मकवानपुरले जनाएको छ । 

यसैगरी, शनिबारदेखि परेको अविरल वर्षाले त्रिभुवन राजपथको बागजोरा, हेटौँडा–नारायणघाट सडकखण्डको मनहरी, लोथर, स्थानीय थानभ¥याङ र हेटौँडा–वीरगञ्ज सडकखण्डको रातमाटेमा आज बिहान पहिरो जाँदा हेटौँडा–वीरगञ्ज तथा हेटौँडा–नारायणघाटतर्फको यातायात सेवा अवरुद्ध रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दवाडीले जानकारी दिए। 

मौसममा सुधार भएमा आज दिउँसोसम्म सबैतिरको यातायात सेवा सञ्चालनमा ल्याउन डोजरसहित प्राविधिक खटाइसकिएको उनले बताए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...