रुपन्देही जिससमा एमाले फोरम गठबन्धन विजयी

बुटवल । जिल्ला समन्वय समिति रुपन्देहीमा एमाले र संघीय समाजवादी फोरम नेपालको गठबन्धन विजयी भएको छ ।

जिससको शनिबार भएको निर्वाचनमा प्रमुखमा एमाले–फोरम गठबन्धनका नेकपा एमालेका एकराज विश्वकर्मा र उपप्रमुखमा संघीय समाजवादी फोरमका पशुपतिप्रसाद यादव विजयी भएका छन् ।

प्रमुखमा विश्वकर्माले २७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस–नेकपा (माओवादी केन्द्र) गठबन्धनका विष्णुप्रसाद बस्यालले ५ मत प्राप्त गरे ।

सदस्यमा पनि एमाले–फोरम गठबन्धनले नै जितेको छ । जिल्ला समन्वय समितिको महिला सदस्यमा जमुना लम्साल, ज्ञानु विक र सरोजा कुमारी बढई निर्वाचित हुनु भएको छ । दलित तथा अल्पसंख्यक सदस्यमा फोरम नेपालका छोटे चमार, खुल्ला सदस्यमा एमालेका तर्फबाट कविराम अर्याल र खेमप्रसाद लुईंटेलले, फोरम नेपालका रियाज अहमद बिजयी भएको मुख्य निर्वाचन अधिकृत मुरारीबाबु श्रेष्ठले जानकारी दिए ।

विजयी प्रमुख, उपप्रमुख तथा सदस्यले शनिबारै शपथ लिएका छन् । रुपन्देहीमा १६ स्थानीय तहका ३२ प्रतिनिधिले मतदान गरेका थिए । त्यसमध्ये पाँच महिला सदस्य, तीन खुल्ला सदस्य र दुई दलित सदस्यमा मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...