कोशी व्यारेजमा खतराको संकेत

पानीको वहाब २ लाख ८३ हजार क्युसेक प्रतिसेकेन्ड मापन, ३७ ढोका खोलियो

Sapta koshi

धरान । कोशी व्यारेजमा पानीको वहाब २ लाख ८३ हजार क्युसेक प्रतिसेकेन्ड मापन गरिएको छ ।

२ लाख ५० हजार क्युसेकमाथि गएपछि खतराको संकेत स्वरुप कोशी व्यारेजमा रातो बत्ती बालिएको छ । रातो झण्डा फहराइएको छ । बहाब ३ लाखमाथि क्यूसेक प्रतिसेकन्ड भएपछि पूर्ण खतरा मानिन्छ ।

अहिले कोशीका ५६ मध्ये ३७ ढोका खोलिएको छ । नदीमा पानीको बहाव बढ्दै एपछि तत्काल अरु ढोका खोल्नुपर्ने अवस्था आएको र त्यसका लागि गृह मन्त्रालयलाई पत्राचार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरीले बताए । पहाडी जिल्लाहरुमा वर्षा नरोकिएकाले पानीको बहाब अझै बढ्ने अनुमान गरिएको छ ।

बाढीले ३५ घर बगे
धरान उपमहानगरपालिकाका विभिन्न वडाका खहरे खोलामा आएको बाढीले ३५ घर बगाएको छ । मानवीय क्षति भने भएको छैन ।
धरान–१३, निसाने खोला नजिक धरान–धनकुटा सडकखण्डमा पहिरो जाँदा धरान–धनकुटा यातायात अवरुद्ध भएको छ । विराटनगर–धरान यातायात पनि पुरै बन्दछ ।

सुनसरी नदीमा आएको बाढीले दायाँबायाँ तटबन्ध काटेर जलपापुर, चाँदबेला, नर्सिङ, बबिया, भुटाहा, कप्तानगन्जलगायत दर्जनौँ गाउँ जलमग्न भएका छन् । १० हजारभन्दा बढी बासिन्दा बाढीमा फसेको र उनीहरुलाई नेपाली सेनाको टोली परिचालन गरी उद्धार गर्ने प्रयास गरिए पनि वर्षा भइरहेकाले सकिएको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...