पूर्वमा बाढीले मृत्यु हुनेको संख्या ११ पुग्यो

हजारौं घर डुबानमा, विमानस्थल बन्यो पानीजहाज रोकिने बन्दरगाह जस्तो

Biratnagar airport

काठमाडौं । लगातार वर्षा र बाढीका कारण पूर्वमा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

दुई दिनयता आएको भिषण वर्षाका कारण विभिन्न खोलामा आएको बाढीले बगाएर सुनसरी र मोरङमा गरी ९ जनाको मृत्यु भएको छ ।

सुनसरीको गैरागाउँस्थित बुढीखोलाले बगाएर भोजपुर घर भई इटहरी बस्दै आएकी माया राईकी ८ वर्षीय छोरी रुपसनी राई, तीन वर्षका छोरा रुपेश राई, इटहरी ४ आइतबारेका ४० वर्षीय ईश्वर सुनुवार, गौरीगाउँकी ३० वर्षीया माला साह, उनको १० वर्षीया छोरा सिटी साह र इटहरी तरहराका एकजना पुरुषको मृत्यु भएको छ ।

मोरङको बक्राहा र नुनसरी खोलामा डुबेर मिक्लाजुङ २ का ३२ वर्षीय गंगाराम खतिवडा र केराबारी गाउँपालिका ९ का मीनबहादुर थापाको मृत्यु भएको छ । मोरङको लेटाङमा पहिरोमा परी गोपीमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी झापाको कनकाई नदीमा आएको बाढीले बगाउँदा झापा गाउँपालिका –२ की कमला घोर्साने र झिलझिले खोलाले बगाउँदा शिवसताक्षी नगरपालिका १ का लेखनाथ पाण्डेको मृत्यु भएको छ ।

कनकाई नदीको बाढीले बगाउँदा झापा गाउँपालिका २ कै कालिप्रसाद राजवंशीसहित उनको चार जनाको परिवार बेपत्ता भएको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । दमकस्थित दीपिनी खोलाले बगाउँदा भारत बिहार घर भई हाल दमकमा ज्याला मजदुरी गर्ने २५ बर्षीय कपोस मण्डल बेपत्ता भएका छन् ।

सबैतिर जलमग्न
लगातारको वषाएले पूर्वको जनजीवन प्रभावित भएको छ । बुढीखोला र टेग्राहा खोलामा आएको बाढी पसेर इटहरी उपमहानगरपालिका क्षेत्र पुरै जलमग्न बनेको छ भने घरघरमा तीन–चार फिटसम्म पानी जमेको छ ।

सुनसरीको इटहरी, दुहबीलगायत स्थानमा खोलाको बाढी पसेर तीन सयभन्दा बढी घर डुबानमा परेका छन् । खोलाको बाढी पसेर गाउँ बस्ती जलमग्न भएपछि सयौं परिवार विस्थापित बनेका छन् । केही गाउँलेहरु सम्पर्क्बिहीन बनेको प्रहरीले जनाएको छ ।

खोलाको भल बाढी पस्दा स्थानीय बासिन्दाको खाद्यान्न नष्ट भएको छ । घरभित्र भएका कपडा, भााडाकुाडा र अन्य धनमाल पानीमा डुबेर क्षति भएको प्रहरीले जनाएको छ । दुई दिनयताको लगातार वर्षाका कारण मोरङको विराटनगर महानगरपालिका लगायत विभिन्न गाउँ डुबानमा परेका छन् ।

विराटनगर विमानस्थल पनि जलमग्न भएको छ । नयाँ उडान भर्न थालेको श्री एयरलाइन्सको हवाइजहाज बिराटनगर विमानस्थल डुबानमा परेपछि थन्किएको छ । बिराटनगर विमानस्थल जलाशयले भरिएको छ ।

मोरङको बुढीगंगा गाउँपालिका २ बौराहा टोलमा बुढीखोलाको बाढी पसेर चार सयभन्दा बढी घर डुबानमा परेका छन् । उर्लाबारी नगरपालिका ८ स्थित माझी टोलमा बक्राहा नुनसरी खोलाको बाढी पसेर दर्जनौ घर डुबानमा परेका छन् ।

त्यसैगरी झापामा पनि बाढीले हजारौं घर डुवानमा परेको छ । रतुवा, कमल, बनियानी, झिलझिले, सतासी, कनकाई, विरिङ, अन्धुवा, देउनिया, निन्दा, मेचीलगायतका नदी र खोलामा आएको बाढीले जिल्लाका दर्जनौं गाउँ डुबानमा परेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...