युवा नेतृत्व सम्मेलन सुरु

Yuba sammelan

काठमाडौं । श्रम तथा रोजगार मन्त्री फरमुल्ला मन्सुरले युवाहरु विदेश पलायन हुनबाट रोक्नुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा गैरसरकारी संस्था महासंघ नेपालले काठमाडौंमा आयोजना गरेको युवा नेतृत्व सम्मेलनमा मन्त्री मन्सुरले पछिल्लो समयमा युवा पुस्ता पलायन भइरहेकाले त्यसलाई रोक्न जरुरी भइसकेको बताए । उनले त्यसका लागि सरकारले विषेश पहल गर्ने प्रतिवद्धता जनाए ।

दुई दिनसम्म चल्ने सो सम्मेलनको उर्जा मन्त्री महेन्द्र बहादुर शाहीले उद्घाटन गरेका थिए । सो सम्मेलनमा झण्डै २ सययुवा सहभागी छन् । दुईदिने सम्मेलनले शनिबार काठमाडौ युवा घोषणा पत्र जारी गरी सम्पन्न हुने युवा गैरसरकारी संस्था महासंघका केन्द्रीय अध्यक्ष नारायण गिरीले बताए ।

सार्कका पूर्व महासचिव अर्जुनबहादुर थापा, रेस्फेकका अध्यक्ष शान्तलाल मुल्मी, धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल, कर्ण शाक्य सकारात्मक अभियानका राजेन्द्रबहादुर श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए ।

संयुक्त राष्ट्र संघको घोषणाअनुसार प्रत्येक वर्ष अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा महासंघले पनि विविध कार्यक्रम गरी मनाउँदै छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...