संशोधन कुनै पनि हालतमा पारित हुन्न : ज्ञवाली

Pradip gyawali

काठमाडौं । सरकारले मधेशी मोर्चालाई मनाएर संविधान संशोधन प्रस्ताव पारित गराउने बताइरहेका बेला प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका एक प्रभावशाली सचिव प्रदीप ज्ञवालीले कुनै पनि हालतमा संविधान संशोधन पारित नहुने ठोकुवा गरेका छन् ।

सरकारले ल्याएको संविधान प्रस्ताव पारित गर्ने कुनै पनि आधार नभएकाले सरकारले चाहेर पनि कुनै पनि हालतमा संविधान संशोधन प्रस्ताव पारित नहुने ठोकुवा गरेका हुन् ।

‘संविधान संशोधन प्रस्तावलाई राजनीतिक कार्डका रूपमा प्रयोग गरी एमालेलाई एम्बुसमा पार्ने, मधेशविरोधी देखाएर प्रोपोगाण्डा गर्ने र तराईको सेन्टिमेन्ट जित्ने रणनीति लुकेको छ’ ज्ञवालीले भने, ‘विधेयक पास भए जस लिने र फेल भए एमालेलाई दोष देखाउने रणनीति बनाइएको हुँदा यो कुनै पनि हालतमा पास हुँदैन र हुन दिनु पनि हुँदैन ।’

रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको कार्यक्रममा नेता ज्ञवालीले पछिल्लो समय दलहरूबीच दूरी बढाउने र देशमा नयाँ धु्रवीकरण गराउने खेलहरू भइरहेको बताए । नेकपा एमालेसँग परामर्श विना सरकारले संविधान संशोधनको मस्यौदा बनाएको भन्दै राजनीतिक दाउपेचको विषय बनाएकाले आफूहरू पक्षमा जान नसक्ने बताए ।

‘एमालेसँग परामर्श विना सरकारले दाउपेचको विषय बनाएर बढ्नुले नयाँ संकट बढाउँदैछ’ उनले भने, ‘एमालेले चासो राखेको गम्भीर विषयलाई समेत बेवास्ता गरेर विधयेक संसदमा प्रस्तुत गरिएकाले एकल ढंगले संविधान पारित हुनेवाला पनि छैन ।’

जस्तोसुकै चलखेल गरे पनि प्रदेश नम्बर दुईको स्थानीय चुनावमा एमाले पहिलो पार्टी हुने दाबी गरे । वर्तमान सरकारले गराउने प्रदेश र संसदको चुनावमा भाग लिनुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘यसै सरकारले चुनाव गराओस् एमाले चुनावबाट भाग्दैन बहुमत ल्याएर सरकार चलाउनेछ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...