गेटले किचेर एकको मृत्यु

Main gate

मोरङ । फलामे गेटले किचेर शुक्रबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका – ११ जनपथ टोलका ४५ वर्षीय गणेशप्रसाद आचार्य रहेका छन् ।

विराटनगर – १० का मनिष अग्रवालको गाडी चलाउँदै आएका आचार्य गएराति घरभित्र गाडी पार्किङ गरेर फलामको स्लाइड गेट लगाउने क्रममा उक्त गेट लडेर किच्दा गम्भीर घाइते भएका थिए ।

घाइते आचार्यको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको जिप्रका मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...