ट्याङ्कीमा डुबेर ३ वर्षीया बालिकाको मृत्यु

Dead girl

लमजुङ । पानी ट्याङ्कीमा डुबेर विहिबार एक बालिकाको ज्यान गएको छ । सदरमुकाम बेसीशहरको मनाङे चौतारामा बस्ने ३ वर्षीया बालिका कृत्तिका गुरुङको ज्यान गएको हो ।

खेल्ने क्रममा कृत्तिका पानी ट्याङ्कीमा परेको हुनसक्ने प्रहरीको अनुमान छ । बालिकाकी आमा मोनिका पसल गएको बेला जमिनमुनि रहेको १ हजार लिटर अट्ने पानी ट्याङ्कीमा बालिका डुबिरहेको अवस्थामा फेला पारिएको थियो ।

ट्याङ्कीमा बालिका देखेपछि स्थानीयवासीले तत्काल लमजुङ जिल्ला सामुदायिक अस्पताल पु¥याएका थिए ।

अस्पताल पु¥याउने बित्तिकै चिकित्सकले बालिकालाई मृत घोषणा गरेको प्रहरीले बताएको छ । बेसीशहर नगरपालिका–१०, गाउँभाचोकका गुरुङ परिवार बेसीशहर बजारमा बस्दै आएका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...