रामेछापमा ज्वरोको बिरामी अत्याधिक,

P2

रामेछाप । रामेछाप जिल्लामा ज्वरोका बिरामी अत्याधिक मात्रमा बढेको छ । जिल्लामा रहेको अस्पतालहरुमा ज्वरोका बिरामीको सङख्या अत्याधिक मात्रामा बढेपछि सबै अस्पताल बिरामीले भरिभराउ भएका छन् ।

एक अर्कामा एकदमै छिटो मात्रमा सर्ने ज्वरोका कारण एउटै परिवारका ५ जना सम्म बिरामी एउटै अस्पतालमा भर्ना भएर उपचार गराईरहेका छन् ।

मन्थली नगरपालिका १० चनखुका बिर तामाङसहित उनका परिवारका ४ जनाले तामाकोसी सहकारी अस्पतालमा उपचार गराईरहेका छन् ।

यतिमात्रै हैन एकै परिवारका ५ जना भन्दा बढिले भर्ना भएर उपचार गराईरहेको अस्पताल श्रोतले जनाएको छ ।

रामेछापको सदरमुकाम मन्थलीमा तामाकोशी सहकारी अस्पताल, समुदायिक अस्पताल ,दिलश्री मेडिकल हल लगाएत ४ वता अस्पालहरुमा ज्वरोका बिरामीले भरिएका छन् ।

अस्पतालमा अत्याधिक बिरामीको सङख्या बढेपछि बिरामी भर्ना गरेर राख्ने बेड नभएको आमालाई उपचार गर्न तामाकोसी सहकारी अस्पताल पुगेका एमाले जिल्ला सचिव आनन्द श्रेष्ठले बताए ।

जिल्लामा भाईरल ज्वरोले धेरै बिरामी बढेर भर्ना गरेर राख्ने ठाउँको अभाव हुन दुखद भएको उनको भनाई छ ।

यसमा तत्काल सरोकारवाला निकायले ध्यान दिनुपर्ने उनले बताए । जिल्लाका विभिन्न ठाउँबाट आएका बिरामीहरुमा अत्याधिक ज्वरो आउने , काम्ने, र बेहोस हुने लक्षण देखिएको तामाकोशी सहकारी अस्पताल मनथलीका निर्देशक डाक्टर सुमन कर्मचार्यले बताए ।

उनले ज्वरोका बिरामी बढेपनि कुन ज्वोरो हो भनेर परिक्षण गर्ने साधन श्रोत नरहेकाले ब्याक्टेरिया आशंकामा परिक्षणका लागि समबन्धीत ठाउँमा पठाईएको बताए ।

रामेछापका सबैजसो क्षेत्रबाट यस्ता बिरामी आएको भएपनि साविकका चनखु, फुलासी , तिल्पुङ, रामेछाप , कठजोर , भलुवाजोर लगाएतका ठाउँका बिरामी धेरै रहेको उनको भनाई छ ।

जिल्लामा रहेका सबै अस्पतालहरुमा ज्वोरोका बिरामीको चाप उच्च रहेको बताउदै उनले तामाकोशी सहकारी अस्पतालमा भर्ना भएका बिरामि मध्य ७५ प्रतिशत भन्दा बढि बिरामी ज्वरोको मात्रै रहेको उनको भनाई छ ।

भाइरल ज्वरोका लक्षण र सर्ने तरिका

फिजिसियन डा. नन्दु पाठकका अनुसार भाइरल ज्वरोका मुख्य लक्षणहरू निम्नानुसार छन्
एक्कासि ज्वरो बढ्ने र रोकिने ,चिसो महसुस हुनु ,हल्का खोकी लाग्नु ,घाँटी दुख्नु ,हाँच्छिऊ आउनु, नाकबाट पानी आउनु ,टाउको, शरीर तथा हाडजोर्नी दुख्नु ,हातखुट्टामा सिल्का हान्नु र कमजोरी महसुस हुनु ,अनुहार सुन्निनु र छाला रातो भई फोका आउनु , आँखा रातो हुनु ,वाकवाकी लाग्नु ,वान्ता हुने, पेट मडारिनु, ,बेसुरोपना देखा पर्नु ,झाडापखाला लाग्नु आदि ।

सर्ने कारणः

भाइरल ज्वरो सरुवा रोग हो । विशेषगरी रोग लागेका व्यक्तिको शरीरको तरल पदार्थबाट यो रोग अर्को व्यक्तिमा सर्दछ ।

रोगीले खोक्दा, हाच्छ्यु गर्दा, हाई काढ्दा उसको मुख र नाकबाट निस्कने मसिना थुकर्, याल, सिंगानका कणहरूबाट वातावरणमा यसका भाइरस निस्कन्छन् र नजिकै बसेको मानिसले सास फेर्दा यो भाइरस सर्दछ ।

यसका साथै बिरामीसित हात मिलाउँदा, बिरामीले प्रयोग गरेका रुमाल, कलम आदिबाट पनि रोग सर्दछ ।

हावामा खेलिरहेका विषाणुहरू श्वासप्रश्वासको क्रममा नाकको माध्यमबाट मानिसको शरीरमा पुग्छ । भाइरसको प्रवेशसँगै नाक चिलाउन र दुख्न थाल्छ । भाइरस घाँटीमा पुगेपछि घाँटी खसखस गर्छ ।

अन्तिममा फोक्सोमा पुगेपछि खोकी लाग्न थाल्छ । भाइरसको प्रवेशसँगै नाकबाट हाच्छ्यु आउने, रुघा लाग्ने, घाँटीमा अप्ठेरो पर्ने, स्वर बिग्रने गर्छ ।

फोक्सोमा पुगिसकेपछि भाइरस रगतमा मिसिन्छ र शरीरका सम्पूर्ण भागमा फैलिन्छ । रगतमा फैलनासाथ मानिसमा ज्वरो आउँछ ।

ज्वरोका कारण शरीरको प्र्र्तिरोधात्मक शक्ति कमजोर हुन्छ र भाइरसको शक्ति बलियो हुन्छ ।७२ घन्टादेखि पाँच दिनसम्म बढी क्रियाशील हुने भाइरल त्यसपछि आफैं हराएर जान्छ ।

घरमै उपचारः

यो रोग लाग्दा देखा पर्ने सामान्य लक्षणहरूको व्यवस्थापन घरैमा गर्न सकिन्छ । प्रशस्त मात्रामा मनतातो पानी पिउने, बासी तथा चिसो पदार्थ सेवन नगर्ने, चिसोबाट बच्ने, तातोपानीको वाफ लिने, नुनपानी तथा बेसारले कुल्ला गर्ने तथा एक चम्चा मह, आधा चम्चा तुलसीको पातको रस र आधा चम्चा अदुवाको रस मिसाएर बिहान, दिउँसो तथा साँझदिनको तीन पटक सेवन गर्ने जस्ता घरेलु उपचार गर्न सकिन्छ ।

ज्वरो र जीउ दुखाइ कम गर्न सिटामोलजस्ता औषधि उपयुक्त हुन्छ । तर, गर्मीमा अन्य रोग पनि हुन सक्ने सम्भावना भएकाले सुरुमै ब्रुफिनजस्ता औषधि भने नखाएकै राम्रो । यति गरेमा ज्वरो आफैं निको हुन्छ ।

तर, चिकित्सकको सल्लाहबिना पेन किलर र एन्टिबायोटिकलगायतका औषधि खाने गर्नुहुँदैन । यस्तो गर्दा रोग झन् बल्झिने खतरा हुन्छ ।

इन्फ्लुएन्जा भई ज्वरो आएको वा झाडापखाला भएको व्यक्तिलाई प्रशस्त मात्रामा झोलिलो खुवाएर जलवियोजन हुनबाट जोगाउनु पर्दछ ।

बिरामीलाई साबिकबमोजिमको खानेकुराका अतिरिक्त थप पोषिलो खानेकुरा तथा झोलिलो खानेकुरा पनि खुवाउनु पर्दछ । आमाको दूधखाने बालक भएमा साबिकभन्दा बढी मात्रामा दूध चुसाउनु पर्दछ ।

डाक्टरको आवश्यकता

यस रोगका सामान्य लक्षणहरूको घरमै उपचार गर्न सकिए पनि जटिलता देखिनेबित्तिकै स्वास्थ्य संस्थामा लगेर उपचार गर्नुपर्दछ ।

उच्च जोखिममा रहेका समूहजस्तै गर्भवती महिला, बालबालिका, वृद्ध व्यक्ति, दीर्घरोगी तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरूको निगरानी निकटताबाट गरिनु पर्दछ ।

कसैमा पनि निमोनिया वा ब्रोङ्काइटिसका लक्षण, चिह्न देखिएमा, कडा जलवियोजन भएमा वा गम्भीर रूपले बिरामी भएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा लैजानुपर्छ ।

सास फेर्न गाह्रो हुनु, चाडो चाडो सास फेर्नु, ओठ र अनुहार नीलो देखिनु, खोकीमा रगत देखिनु, बोल्न नसक्नु वा अरूले बोलेको नबुझ्नु, छाती बेस्सरी दुख्नु, कम्पन हुनु, राम्रो भएर फेरि रोगले च्याप्नुजस्ता लक्षणहरू खतराका चिह्नहरू हुन् ।

दुई महिनाभन्दा साना नानीहरूमा इन्फ्लुएन्जा भएमा वा इन्फ्लुएन्जा भएको कुनै व्यक्ति सिकिस्त बिरामी भएमा त्यो पनि खतराको निशानी हो ।

 तामाकोशी खबरबाट साभार 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...