सिन्धुपाल्चोकको पेञ्चीपेले देवीस्थलमा लाग्ने मेला सम्पन्न

सिन्धुपाल्चोक । जनैपूर्णिमाको अवसरमा सिन्धुपाल्चोकको पेञ्चीपेले देवीस्थलमा लाग्ने मेला सम्पन्न भएको छ ।

जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं. ४ मा रहेको उक्त मन्दिरमा मेला भर्न भक्तजनको संख्या यसपाली कमी भएको छ ।

पेञ्चीपेले मन्दिर विकास समितिका अध्यक्ष नेत्र विक्रम खड्काका अनुसार यस वर्षको मेला भर्न २ सय बढी भक्तजन आएको अनुमान गरिएको छ ।

१ हजार भक्तजन पेञ्चीपेले पुग्ने अनुमान गरिए पनि भूकम्पका कारण ठाउँ ठाउँमा गएको पहिरोले बाटो भत्किएपछि भक्तजन डर र त्रासले जान सकेनन् ।

अन्य भक्तजन वैकल्पिक मार्गका रुपमा अफ्ठेरो र घुमाउरो बाटो रोजेर मेला भर्न आएका अध्यक्ष खड्का बताउँछन् ।

अर्कोतर्फ बाढी र पहिरोका कारण पेञ्चीपेले जाने यात्रु घटेको अनुमान गरिएको छ ।

पेञ्चीपेले जाने भक्तजनलाई नेपाल प्रहरी, हिमालयन प्रगतिशिल क्लब लगायतका निकायले सहयोग पुुर्याएको पेञ्चीपेले मन्दिर समितिले जनाएको छ । पूर्व काल देखि नै धामी झाँक्री नाच गर्दै मन्दिर पुग्ने प्रचलन रहिआएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...