भारतमा पहिलो दक्षिण एशियाली युवा सम्मेलन हुने
काठमाडौँ, । अन्तर्राष्ट्रिय युवा समितिको आयोजनामा पहिलो दक्षिण एशियाली युवा सम्मेलन भारतको उडिसामा हुने भएको छ ।
समितिले आज पत्रकार सम्मेलन गरी पहिलोपटक उडिसा राज्यको भुवनेश्वर शहरमा आगामी असोज १ देखि ५ गतेसम्म गर्न लागेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा समितिका अध्यक्ष डा. केके सिंहले दक्षिण एशियाका युवासामु उनीहरुले भोग्दै आएका समस्या र त्यसका समाधानबारे आठवटै देशका युवा मन्त्रीलाई राखेर सम्मेलन आयोजना गर्न लागेको जानकारी दिए ।
युवाको समस्या, संस्कृति, पर्यटन, संयुक्त राष्ट्र सङ्घले अवलम्बन गरेको दिगो विकास लक्ष्य, शान्ति, पूर्वाधार विकासलगायतका बारेमा सम्मेलनमा छलफल हुनेछ ।
सम्मेलनमा समितिका नेपाल शाखा अध्यक्ष राज कट्टेलले नेपालबाट युवा तथा खेलकुद मन्त्रीसहित ३० जनाको सहभागिता रहने जानकारी दिए ।
सम्मेलनमा दक्षिण एशियाका ८ देशका करिब ४ सय युवा प्रतिनिधिको सहभागिता रहने छ ।
प्रतिकृया दिनुहोस