गृहमन्त्री शर्मा द्धारा १ सय ३० हज यात्रीहरुको बिदाई

Newsssss

काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले साउदी अरेबियाको मक्का मदिनामा जान लागेका हजयात्रीहरुलाई बिदाई गरे ।

बिहीबार अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री शर्माले हज यात्रीहरुलाई बिदाई गरे । एयर अरेबियाको विमान मार्फंत बिहीबार १ सय ३० मुस्लिम समुदायका हजयात्रीहरु साउदी अरेबियातर्फ लागेका छन् ।

गृह मन्त्रालयको समन्वयमा यसबर्ष कुल १२ सय १० मक्का मदिनामा हज गर्न जाने केन्द्रिय हज समितीले जानकारी दिएको छ ।

कुल संख्या मध्ये १० प्रीतनिधिमण्डलका सदस्यहरु रहनेछन् । हज समितीले बनाएको टुर प्याकेज अनुसार हजयात्रीहरु ४५ दिनपछी नेपाल फर्कनेछन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...