फोहर फाल्ने ठाउँ नहुँदा पोखरा–बागलुङ राजमार्ग दुर्गन्धित

Aab

पर्वत। सदरमुकाम कुश्माबजारमा झण्डै ४० हप्ताभन्दा बढी सरसफाइ अभियान गरिएपनि बजारबाट उठाइएको फोहर व्यवस्थापन गर्ने ठाउँ नहुँदा पोखरा–बागलुङ सडक भने दुर्गन्धित बन्न थालेको छ ।

कुश्मा नगरपालिकाको कुश्माबजारबाट दैनिक निस्किने फोहरले पोखरा–बाग्लुङ राजमार्गमा दुर्गन्ध फैलिएको हो ।

नगरपालिकाले फोहर व्यवस्थापनको उचित विकल्प नखोज्दा एकातिर राजमार्ग भत्किने खतरा बढेको छ भने अर्कोतिर फोहर सिधै कालीगण्डकीमा खस्दा नदीमा प्रदूषण बढेको छ ।

सदरमुकाम कुश्मामा मात्रै दैनिक १० टन फोहर संकलन हुन्छ । सदरमुकामको सबै फोहर राजमार्गमा फालिंँदा दुर्गन्धले स्थानीय, सवारी चालक र तिनमा यात्रारत यात्रीहरु बढी समस्यामा पर्ने गरेका छन् ।

सदरमुकामको फोहर व्यवस्थापनको जिम्मा स्थानीय ‘सफा कुश्माका लागि सामूहिक अभियान’ संस्थाले लिँदै आइरहेको थियो ।

फोहर व्यवस्थापनका लागि कुश्मा नगरपालिकाले उक्त संस्थालाई एक ट्र्याक्टर र एक कन्टेनरसमेत दिएको छ । जिम्मा पाएका कर्मचारीहरुले संस्थाले भने बमोजिम आफूहरुले राजमार्गमा फोहर विसर्जन गरेको जनाएका छन् ।

गर्मीयाम बढेसँगै आसपासका बस्तीमा चौबीसै घण्टा दुर्गन्धले बस्नै नसकिने स्थानीयवासीले बताएका छन् । दैनिकको फोहरले कुश्मा–बागलुङखण्डको छमर्के क्षेत्रको भाग पहिरोको जोखिममा छ ।

फोहर फाल्ने ठाउँ नहुँदा निर्माणका लागि वर्षेनी कुश्मा नगरपालिकाबाट बजेट विनियोजन गरे पनि अझै ठाउँ तयार हुन सकेको छैन ।

नगरपालिका अहिले पनि व्यवस्थित स्थानको खोजीमा रहेको र अब छिट्टै उपयुक्त स्थानमा कुश्माबजारको फोहर व्यवस्थापन गरिने नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए ।

राजमार्गमा फालिने फोहर सिधै कालीगण्डकी किनारमा जान्छ । यसले नदी दुर्गन्धित भएको भन्दै केही सरोकारवालाले फोहर विसर्जनप्रति आपत्ति जनाएका छन् ।

सदरमुकामका बासिन्दामा चेनताको अभावका कारण पनि सदरमुकामको फोहर व्यवस्थापनमा बेथिति बढेको स्थानीयवासीको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...