संविधानमा अपांगता विषय समेटिएका छन् : स्वास्थ्यमन्त्री

Giriraj mani pokharel

काठमाडौँ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले संविधानमा अपांगता भएका व्यक्तिका विषयमा धेरै कुरा समेटिएको बताएका छन् ।

कुष्ठरोग नियन्त्रण महाशाखाको समन्वयमा आज आयोजित ‘अपांगतासम्बन्धी प्रथम राष्ट्रिय समीक्षा तथा योजना तर्जुमा गोष्ठी’मा संविधान निर्माणका समयमा अपांगताका विषय समेट्न यस क्षेत्रमा कार्यरत व्यक्तिले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले उल्लेख गरे ।

मन्त्री पोखरेलले भने, “अपांगता भएका व्यक्तिको शिक्षा र स्वास्थ्यका विषयमा ऐन नियम बनाउनु अघि गम्भीर र फरक तरिकाले सोच्नैपर्छ, अझै पनि अपांगतासम्बन्धी सोच पुरानै छ, परिवर्तन गरिनुपर्छ, काम गर्ने तौरतरिका रचनात्मक र नयाँ संरचना अनुसारको हुुुनुपर्छ ।”

स्वास्थ्य सचिव डा किरण रेग्मीले अपांग हुनु विशेष परिस्थिति भएकाले यसलाई विशेषरुपमा हेर्नुपर्ने आवश्यकता औँल्याउँदै अहिले कुष्ठरोग नियन्त्रण महाशाखाको बजेट पहिलेभन्दा पाँच गुणा बढेर आएकाले सरकार अपांगता भएका व्यक्तिका बारेमा गम्भीर भएको पुष्टि हुने बताए ।

स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक तथा कुष्ठरोग नियन्त्रण महाशाखाका निर्देशक चूडामणि भण्डारीले अपांगताको व्यवस्थापनसम्बन्धी मन्त्रालयले बनाएको १० वर्षे कार्ययोजनाबारे सरोकारवालालाई जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

नेपालको जनगणना २०६८ अनुसार कूल जनसंख्याको करिब १.९४ प्रतिशत व्यक्ति अर्थात् ५१ लाख ३ हजार ३२१ अपांगता भएका व्यक्ति छन् । आजदेखि तीनसदनसम्म चल्ने उक्त कार्यक्रममा अपांगतासम्बन्धी काम गर्ने करिब ४६ संघसंस्थाको प्रतिनिधित्व छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...