जिल्ला शिक्षा कार्यालय परिसरमा वृक्षारोपण
डोटी,। जिल्ला शिक्षा कार्यालय डोटीको हाताभित्र वृक्षारोपण गरिएको छ ।
स्वच्छ वातावरण मैत्री कार्यालय निर्माण गर्ने उदेश्यले जिल्ला शिक्षा अधिकारी अनन्त कुमार पौड्यालको नेतृत्वमा विद्यालय निरिक्षक,श्रोत व्यक्ति, प्राबिधिक सहायक,नासु,खरिदार र कार्यालय सहयोगीहरुले कपुर,तेजपात,पामोलिया आदि जातका १ सय विरूवाहरू रोपेका छन् ।
जिल्ला वन कार्यालयले वृक्षारोपणका लागि विरूवा उपलब्ध गराएको थियो । कार्यालयलाई हरभरा र स्वच्छ वातावरणमैत्री बनाउन सबै कर्मचारी जुटेर वृक्षारोपण गरिएको जिल्ला शिक्षा अधिकारी पौड्यालले बताए ।
जिल्ला शिक्षा कार्यालय डोटीमा गरिएको वृक्षारोपणले अन्य सरकारी कार्यालयलाई पनि स्वच्छ वातावरणमैत्री निर्माण गर्न पाठ सिकाएको छ ।
प्रतिकृया दिनुहोस