आदिवासी जनजातिको भवना नसमेटिएको गुनासो

Aadhibasi

काठमाडौँ,। नेपालको पहिचान नै आदिवासी जनजाति हुन भनिएतापनि संविधानमा आफ्नो भावना नसमेटीएकोमा गुनासो गरेका छन् ।

२३ औँ विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले समग्र नेपालको संविधानमा आदिवासीको भावनालाई समेट्न नसेकोमा उनीहरु असन्तुष्ट रहेकाले आगामी संविधान संशोधनमा ती भावना समेट्नु पर्नेमा जोड दिएका छन् ।

आदिवासी जनजाति महासंघले मंगलबार आयोजना गरेको कार्यक्रममा विसं २००७ देखिका विभिन्न आन्दोलनमा थुप्रै आदिवासी जनजातिले बलिदान दिएको राणा शासनविरुद्धको आन्दोलनमा सहादत प्राप्त गर्ने ४ शहिदमध्ये ३ जना आदिवासी जनजाति नेवार भएकाले स्वतन्त्रताका लागि आदिवासी जनजातिको भूमिका महत्वपूर्ण भएको चर्चा उनीहरुले गरेका थिए ।

संयुक्त राष्ट्रसंघमा सदस्यताका लागि नेपाल भाषाको रञ्जनालिपि पेश गरेर मात्र नेपालले सदस्यता प्राप्त गरेको बताउँदै उनीहरुले नेपालको गौरव बढाउने आदिवासी जनजातिलाई दोस्रो दर्जाको नागरिकका रुपमा विभेद गर्न नहुने बताए ।

नेपालमा रहेका आदिवासी जनजातिको भाषा, संस्कृति र धर्मलाई पनि संविधानमा सूचीकृत गर्नुपर्ने, स्वायत्त क्षेत्र र स्वायत्त प्रदेश निर्माण हुनुपर्ने, राष्ट्रिय जनजाति आदिवासी आयोग गठन गर्नुपर्ने पनि उनीहरुको माग थियो ।

काँग्रेस, एमाले, माओवादीसहित अन्य दलमा रहेका ७० प्रतिशत आदिवासी जनजातिले आदिवासी जनजातिको अधिकार संविधानमा सुरक्षित गर्न पार्टीको ब्हीप नाघेर अधिकारका लागि लड्न सुझाव दिएका सहभागी वक्ताहरुले जनजाति मन्त्रालय गठन गर्नुपर्नेमा पनि जोड दिएका थिए ।

सभामुख ओनसरी घर्तीले लामो समयको चाहना र इच्छाबमोजिम जनताले पहिलो पटक आफ्ना लागि आफैले संविधान लेखेका छन तर यो संविधान कार्यान्वयनमा चुनौती रहेको बताए ।

नेपाली काँग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले राज्यका हरेक निकायमा आदिवासी जनजातिको प्रतिनिधित्व समानुपातिक हुनुपर्नेमा विगतका दिनमा त्यस्तो नभएको बताउँदै आगामी दिनमा समावेशी र समानुपातिक सिद्धान्तलाई अंगाल्न सरकारको ध्यानाकर्षण गराए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...