शेयर बजार : ९४ करोडको कारोबार
काठमाडौँ । धितोपत्र बजारमा सोमबार ९४ करोड बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्स्चेन्जकाअनुसार नेप्से परिसूचक २.८९ अंकले बढेर १ हजार ६ सय ६७.९४ अंकमा पुगेको छ ।
बैंक वित्तीय संस्थाको शेयर किनबेच बढी भएको पाइएको छ । स्टकका अनुसार बैंक, विकास बैंक र फाइनान्स कम्पनीका सबैभन्दा बढी कारोबार भएको छ ।
कूल १ सय ५९ कम्पनीको ११ लाख ५७ हजार कित्ता शेयर ९४ करोड ६८ लाख पाँच हजार २७३ कारोबार भएको छ ।
स्टकका अनुसार बैंकिङ ०.५२, जलविद्युत् १०.५३ र उत्पादन समूह ३.४४ बिन्दुले घटेको छ भने होटल १९.६५, विकास बैंक ४.११, फाइनान्स १३.९, बीमा ३.३९ र अन्य समूह १३.८८ अंकले बढेको छ ।
प्रतिकृया दिनुहोस