रसुवाको पहिरेबेंसीमा गयो, पहिरो एकै घरका चार बेपत्ता

४ जना घाइते

Pahiro rasuwa

काठमाडौं । आइतबार राति परेको अविरल वर्षासँगै आएको पहिरोमा रसुवाको उत्तरगया गाउँपालिका–४ पहिरेबेंसीमा घर पुरिंदा चार जना बेपत्ता भएका छन् । 

बेपत्ता हुनेमा वर्ष ७२ का धर्मबहादुर थापामगर, उनकी बुहारी मुना थापामगर, नाति रविन थापामगर र घरमा काम गर्ने भक्तबहादुर थापामगर रहेको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपालेले बताए । आइतबार राति बेलुकी करिब ९ बजेतिर पहिरो आएको स्थानीयले बताएका छन् । 

पहिरोमा अन्य ४ जना घाइते भएका छन् । अहिले स्थानिय बासिन्दा नेपाल प्रहरी, नेपाली सेनाले सशस्त्र प्रहरी पहिरो पन्छााउने बेपत्ताको खोजी गरिरहेका छन् ।

क्षतिको थप विवरण आउन बाँकी छ । रातिको समयमा पहिरो आएकोले उद्दार गर्न समेत कठिनाई भएको स्थानीय बासिन्दाहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...