ट्रिपरको ठक्कर दिँदा धादिङमा एक जनाको मृत्यु, ३ घाइते

Aaaaaaa

धादिङ । ट्रिपरले सोमबार बिहान पृथ्वीराजमार्ग अन्तरगत धादिङको धुनीबेसी नगरपालिका–९ खत्रीपौवामा ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।
बैरेनीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ ख ३१०५ नम्बरको ट्रिपरले सडकछेउमा हिँडिरहेका चारजनालाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा धुनीबेसी नगरपालिका वडा नम्बर ९ का १८ वर्षका अजय तामाङको ज्यान गएको छ । ठक्कर दिएपछि चालक ट्रिपरसहित घटनास्थलबाट भागेका थिए । पछि प्रहरीले चालकलाई पक्रेको छ । घाइते तीन जनालाई उपचारका लागि काठमाडौं वीर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
अत्याधिक गतिमा आएको ट्रिपरले सडक किनारामा पुगेर ठककर दिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...