बागलुङमा पहिरो खस्दा एकको मृत्यु, ६ जना बेपत्ता

Pahiro hb

बागलुङ । दुई दिनदेखि परेको अविरल वर्षासँगै आएको पहिरोले पुरिएर बागलुङमा एक जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् ।


ढोरपाटन नगरपालिका वडा नं ५ साविक अधिकारीचौर गाविस वडा नं– ८ पाखापानीमा पहिरोले घर पुर्दा एक जनाको ज्यान गएको हो । त्यस्तै पहिरोले स्थानीय होमबहादुर विश्वकर्माको घर पुरिदा ५५ बर्षीय घरधनी विश्वकर्मा बेपत्ता भएका छन् । आज बिहान झण्डै चार बजेको समयमा घरमाथिबाट पहिरो खसेको थियो ।


ईलाका प्रहरी कार्यलय बुर्तिबाङको उद्धार टोली अहिले घटनास्थल पुगेको छ । त्यस्तै निसिखोला गाउँपालिका वडा नम्बर २ बाहुनगाउमा खसेको पहिरोले घर पुर्दा मनिमान छन्त्याल उनकी श्रीमती, बुहारी र कान्छी छोरी बेपत्ता भएका छन् । उता, निसिखोला १ देविस्थानका लालबहादुर सिँजालीको घर पहिरोले बगाउँदा एक जना बेपत्ता भएका छन् ।


यसैगरी निसीखोला २ उपल्लो बेग्रेका लालसिँह विकको घर पनि पहिरोले पुरेको छ भने मालमेला भन्ने ठाउँका प्रेम विकको घर बगाउदा परिवार विस्थापित बनेको झिवाखोला प्रहरी चौकीका प्रनानि रिनबहादुर बैदवारले जानकारी दिएका छन् । त्यस्तै निसीखोला गाउँपालिका वडा नं– ४ मा रहेको निसिखोला दोस्रो लघु जलविद्युत आयोजनाको मुहान खोलाले बगाउँदा १ हजार ६५ घरधुरीका उपभोत्ताहरु अँध्यारोमा बस्न बाध्य भएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...