रोकियो मेलम्ची खानेपानीको पाइप बिछ्याउने कार्य

Melamchi pani

काठमाडौं । लगातारको वर्षाका कारण मेलम्ची खानेपानीको पाइप बिछ्याउने कार्य रोकिएको छ । मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)का अनुसार एक महिनादेखि पाइप बिछ्याउने काम रोकिएको हो । वितरण सञ्जाल सुधार (डिएनआई) अन्तर्गतको पाइप बिछ्याउने काम अवरुद्ध भएको छ ।

वर्षामा सडक भत्काउँदा हिलो हुने भएकाले तत्कालका लागि काम रोकिएको पिआइडीका वरिष्ठ इन्जिनियर तथा प्रवक्ता लीलाप्रसाद ढकालले बताए । ‘वितरण सञ्जाल सुधारअन्तर्गतको पाइप पानी वितरणका लागि उपभोक्ताको घर–घरमा जडान गरिने पाइप हो । यो बिछ्याउने काम अहिले रोकिएको छ,’ उनले भने, ‘लगातार पानी परेको छ । सडक खन्दा हिलो हुन्छ । सर्वसाधारणले सास्ती भोग्नुपर्ने भएकाले काम रोकिन पुगेको हो ।’

पिआइडीका अनुसार वितरण सञ्जाल सुधारअन्तर्गत ६ सय ७० किमि पाइपमध्ये ६ सय १० किमि पाइप बिछ्याइसकिएको छ । ‘वितरण सञ्जालअन्तर्गत ९१ प्रतिशत काम सकिएको छ । वर्षा सकिएलगत्तै यो काम सुरु हुन्छ । मंसिरभित्र बाँकी सबै काम सकिनेछ ।

मेलम्ची खानेपानीको सुरुङ खन्न अब २.३ किमि मात्रै बाँकी छ । खनिनुपर्ने २७.५८४ किमि २५.२८४ किमि सुरुङ खनिसकिएको छ । सुरुङ खन्ने काम ९१ प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ ।

मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाका अनुसार अहिले दैनिक १६ देखि १७ मिटर सुरुङ खन्ने काम हुँदैछ । यही रफ्तारमा काम भए १५ असोजमा मेलम्चीको पानी काठमाडौं आउन मुस्किल देखिन्छ । ‘सुरुङ खन्ने काम रोकिएको छैन । अब २.३ किमि सुरुङ खन्न बाँकी छ । अहिले दुई ठाउँबाट सुरुङ खन्ने काम हुँदै छ,’ आयोजनाका कार्यकारी निर्देशक देवकोटाले भने, ‘ग्याल्थुम–अम्बाथान सुरुङ खन्ने काम तोकिएकै समयमा सकिन्छ । ग्याल्थमु–सिन्धु सुरुङ भने ढिलो हुन्छ । त्यसो हुँदा १५ असोजमा मेलम्चीको पानी काठमाडौं आइपुग्न गाह्रो देखिन्छ।’

पिआइडीले थोक वितरण प्रणाली (बिडिएस) अन्तर्गतको पाइप बिछ्याउने काम भने रोकेको छैन । ‘क्रिटिकल’ क्षेत्रअन्तर्गत उक्त काम भइरहेको छ । नारायणगोपाल चोक, चाबहिल, चुच्चेपाटी, गौशाला क्षेत्रलाई पिआइडीले ‘क्रिटिकल’ क्षेत्र मानेको छ ।

त्यसमध्ये गौशालामा भने काम करिब–करिब सम्पन्न भइसकेको छ । ‘ठूला पाइप बिछ्याउने काम स्थगित गरिएको छैन । पानी परे पनि प्रत्येक राति छाता ओढेरै यो काम भइरहेको छ । भदौभित्र सबै काम सक्ने हाम्रो लक्ष्य छ,’ प्रवक्ता लीलाप्रसाद ढकालले भने । पिआइडीका अनुसार थोक वितरण प्रणाली (बिडिएस)अन्तर्गत ६० किमिमध्ये ५८ किमि पाइप बिछ्याइसकिएको छ ।

नयाँ पत्रिकाबाट

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...