शुद्ध खानेपानी नहुँदा अर्सेनिकयुक्त पानी पिउन बाध्य

Water aseni youkta pani

कपिलवस्तु, । ग्रामीण क्षेत्रको रुपमा रहेको कपिलवस्तुको पश्चिमी क्षेत्रस्थित शिवराज नगरपालिकाको मुख्य शहर चन्द्रौटा बजारबासीका शुद्ध खानेपानी नहुँदा अर्सेनिकयुक्त्त पानी पिउन बाध्य भएका छन् ।

नगरपालिकाभित्रका ११ मा शुद्ध खानेपानीको व्यवस्था नहुँदा यहाँका जनताले अर्सेनिकयुक्त पानी पिउन बाध्य हुँदापनि नगरपालिकाले खानेपानीको लागि कुनै पहल नगरेको स्थानीयबासी मोहम्मद खाँनले गुनासो गरे ।

खानेपानी संस्थानको शाखा कार्यालयले चन्द्रौटामा कहिलेकाँही सफा पानी वितरण गरेपनि प्राय आर्सेनिकयुक्त पानी वितरण गरेको स्थानीयवासी रामविलास थारुले बताए ।

नगर प्रमुख नेत्रराज अधिकारिले अब नगरवासीका लागि शुद्ध खानेपानी पिलाउन पहल भइसकेको जानकारी दिए ।

नयाँ योजना ठेकेदारले समयमै पूरा गर्न नसकेको र पुराना पाइपमा फोहोर जम्मा भएका कारण यस्तो समस्या स्थानीयवासीले भोग्नु परेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष तौफिक खाँनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...