बाजुराका १६ गाविस पहिरोको जोखिमा

Bajura 23

बाजुरा, । बाजुरा जिल्लाका १६ गाविस पहिरोको उच्च जोखिममा रहेको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ । लामो समयको खडेरीपछि पानी पर्न थालेपछि पहिरोको जोखिम बढदै गएको हो ।

ती गाविसका करिब ४४ गाउँ बढी जोखिममा छन् । आँटिचौर गाविसमा रहेको गुम्लागाउँमा दुबैतिरबाट पहिरो जान थालेपनि उनीहरुलाई अन्यत्र स्थानान्तरण गर्ने व्यवस्था नभएकाले विगत सात वर्षदेखि पहिरोको छेउमै बस्दै आएका छन् तर पानी परेका बेला भने रातभर जागराम बस्नुपर्ने बाध्यता रहेको स्थानयवासी मन्धिर रावतले बताए ।

बाधु, साप्टा, कैलाशमाण्डौँ ब्रह्मतोला, आँटिचौर, कोल्टी, रुगिन, जुगाडा लगायतका गाउँ पहिरोको उच्च जोखिममा रहेका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्रबहादुर मल्लले बताए ।

बाढीपहिरोेको जोखिममा रहेका गाविसलगायतका स्थानमा प्रकोप पूर्व तयारी कार्ययोजना बनेकाले त्यहीँ आधारमा उद्वारकार्यका लागि सतर्कता अपनाउन सम्बद्ध व्यक्तिलाई आग्रह गरिएको उनले बताए ।

जिल्लामा रहेका नेपाली सेना र नेपाल प्रहरीलाई उद्धारका लागि तयारी अवस्थामा राखिएको र बिपतका बेला जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयसंग समन्वय गरी राहत उपलब्ध गराउने व्यवस्था मिलाइएको प्रजिअ मल्लले बताए ।

जिल्लाका विभिन्न गाविसका पहिरोमा परी ३१ भन्दा बढीले ज्यान गुमाएको जिल्ला दैवीप्रकोप समितिले जनाएको छ । पछिल्लो समयमा अनुमान नै नगरिएको ठाउँमा सुख्खा पहिरो जान थालेको समिति संयोजक भोजराज श्रेष्ठले जानकारी दिए ।

गुइँगाड खोलोले ५ गाविलाई असर पु¥याएको छ । रातको समयमा पानी पर्दा त्यहाँका स्थानीयवासी घर छोडेर नजिकैको स्कुलमा बस्ने गरेका ब्रह्मतोलाका खड्कराज जोशीले बताए । । उनले भने, ‘पानी आएको बेलामा गुइँगाड खोलाले थर्काउने भएकाले घरमा बस्न सकिँदैन ।’

विसं २०६९ जेठ १९ मा बाधुमा आएको पहिरोबाट बालबालिका सहित ५ जनाले ज्यान गुमाउनुका साथै करोडौँको धनमाल क्षति भएको थियो ।

विसं.२०७१ जेठ २४ मा फेरि सोही ठाउँमा पहिरो आउँदा ३ मृत्यु भयो । करोडौँको धनमालको क्षति भयो । अहिले भने पीडितहरुको सुरक्षित बसोबासका लागि ७१ करोड विनियोजित भएको र सो रकमबाट प्राकृतिक जोखिममा परेका ५ गाविसका बासिन्दाका लागि एकिकृत बस्ती विस्तार गरिने योजना अघि सारिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...