अपहरित बालकको उद्धार  

काठमाडौँ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत ५ वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सकुशल उद्धार गरेको छ ।

ती बालकलाई महानगरीय अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रहरी कार्यालयको टोलीले आइतबार बिहान काँडाघारीबाट उद्धार गरेको हो । महाशाखाका प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीले जानकारी दिए ।

उनले उद्धारस्थलबाट टोली आइसकेपछि विस्तृत विवरण सार्वजनिक गरिने बताए । प्रहरीले घटनाको अनुसन्धानका क्रममा एकजनालाई नियन्त्रणमा लिएको छ । यही साउन १४ गते सो विद्यालयबाट घर फर्कने समयमा ती विद्यार्थी अपहरणमा परेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...