कांग्रेसलाई दिल्लीको साथ, कम्युनिष्टलाई चीनको आर्शिवाद

India china1

काठमाडौं । नेपालका लागि अनिवार्य छिमेकी देश हुन् भारत र चीन । यी दुबै देशको सहयोग बिना नेपालको बिकास सम्भव छैन । तथापि दुबै देशले नेपाललाई हितकर काम भने गरेको पाइएको छैन ।

प्रधानमन्त्री बन्ने बित्तिकै नेपालमा नेताहरु दिल्ली दरबार पुग्ने गर्छन् । त्यसमा पनि प्रधानमन्त्रीको कुर्सीमा बस्ने बित्तिकै भारत शरण गच्छामी नहुने हो भने उसको कुर्सी नै धरापमा पर्छ । यो क्रम राणाकालीन समयदेखि नै चल्दै आएको छ ।

नेपालको इतिहासमा पहिलो पटक पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बनेपछि चीनको भ्रमण गरे । तर, भारतले सातो लिएपछि त्यसलाई अनौपचारिक भ्रमण हो भन्ने बनाइयो र औपचारिक भ्रमण भारत नै हो भन्न बाध्य बनाइयो । र, प्रचण्ड औपचारिक रुपमा भारतको भ्रमणमा गए ।

त्यसरी नै आफ्नो सत्ता जोगाउन प्रधानमन्त्री शेरबहादुर देउवा यही भदौं १ मा दिल्ली दरबारको भ्रमणमा जादैछन् । देउवाको भ्रमणलाई निक्कै महत्वका साथ हेरिएको छ ।

प्रधानमन्त्री देउवाले १ देखि ५ भदौसम्म राजकीय भ्रमण गर्ने तय भइसकेको छ । प्रधानमन्त्री देउवा १ भदौमा दिल्ली गएर ५ भदौमा स्वदेश फर्किनेछन् । उनले २ भदौमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति रामनाथ कोविन्दसहित उच्च भारतीय नेतासँग भेटवार्ता गर्ने गरी तयारी भइरहेको छ ।

नेताहरुको बिदेश मोह
अहिले भारत र चीनबीचको द्धन्द्धको चपेटामा नेपाल परिररहेको छ । भारतर चीन युद्धका लागि आमनेसामने भइरहेका बेला नेपाल दुबै देशको ‘युद्धको केन्द्र विन्दु’ बन्छ कि भन्ने आशंका बढिरहेका बेला नेपालका नेताहरु विदेश दौडाहामा लागेका छन् ।

एकाथरी नेताहरु चीनलाई रिजाउन खोजिरहेका छन् भने अर्काथरी नेताहरु भारतलाई रिजाएर आफ्नो सत्ता कसरी टिकाउने भन्नेमा छन् । खासगरी नेपालका बामपन्थी दलहरु आलोपालो गर्दै चीन भ्रमण गरिरहेका छन् ।

केही दिनअघि मात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चीनको भ्रमणमा गएका थिए । उनले संविधान जारी भएपछि भारतले गरेको नाकाबन्दीका बेला चीनकै सहयोगमा नेपालमा पेट्रोलियम पदार्थको आपूर्ती गर्ने व्यवस्था मिलाएका थिए ।

सत्ता साझेदार दल माओवादीका नेताहरु चीनतर्फ ढल्किएका जस्ता देखिन्छन् भने नेपाल कांग्रेस भारततिर । त्यसै पनि कांग्रेसलाई भारतीय समर्थन रहने आरोप लाग्ने गर्छ ।

यता प्रधामन्त्री देउवा भारत भ्रमणमा जानुअघि नै चीनका उप्रधानमन्त्री नेपाल आउँदैछन् । उपप्रधानमन्त्री एवं कृष्णबहादुुर महराको निमन्त्रणामा चीनका उपप्रधानमन्त्री झाङ काओ ली सहितको टोली नेपाल आउन लागेका हुन् ।

लीको नेपाल भ्रमणलाई पनि निक्कै महत्वका साथ हेरिएको छ । चीन–भारत बीचको द्धन्द्ध न्युनिकरणमा नेपालले भुमिका खेल्न सके पनि युद्धको सम्भावना टर्ने कतिपयको बुझाई छ । तर, अहिलेसम्म नेपालले त्यो हैसियत राखेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...