विद्युत्ट्रा न्सफर्मर समस्या १५ हजार घरधुरी अन्धकारमा

C259844d23a6c0dd3f548ec91d2469d4

झापा । ट्रान्सफर्मरमा समस्या आएपछि जिल्लाका करिब १५ हजार घरधुरीमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

४ दिनअघि ट्रान्सफर्मरमा समस्या आएपछि झापाको गौरीगञ्ज गाउँपालिकासहित दुधे, शिवगञ्ज, माईधार, जुरोपानी, बैगुन्धुरा र कमल गाउँपालिकाको केही क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको हो ।

विद्युत् सेवा अवरुद्ध भएपछि सो क्षेत्रका नागरिक अन्धकारमा बस्न बाध्य छन् । गत वर्ष बंगलादेशबाट ल्याइएको १६ एमबिएको ट्रान्सफर्मरमा समस्या आएको छ ।

६ बाई ८ को ट्रान्सफर्मर जडान गरेर विद्युत् सेवा सञ्चालन गर्ने तयारी गरिए पनि त्यसमा समेत समस्या आएको नेपाल विद्युत् प्राधिकरण बुलोचोक सबस्टेसनका प्रमुख सुरेन्द्रकुमार साहले जानकारी दिए ।

उनले भने विद्युत् आपूर्तिका लागि छिटोभन्दा छिटो ट्रान्सफर्मर मर्मतको काम भइरहेको छ । मौसमले साथ दियो भने अबको दुई दिनभित्र विद्युत् सेवा सञ्चालन हुन्छ ।

यस क्षेत्रमा धेरै विद्युत् समस्या हुने गरेको जनकल्याण निमावि महाभराका शिक्षक ओमकान्त बरालले बताए । बारम्बार विद्युत् आपूर्तिमा समस्या आउँदा पनि सम्बन्धित निकायले प्रभावकारी काम नगरेको आरोप लगाए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...